add

फुर्वा गोले फुटवल संघ झापाको सदस्यमा मनोनित

भाई अनन्त तामाङको साथमा फुर्वा / तस्वीर गोलनेपाल डटकम ।

झिलझिले / झापा जिल्ला फुटवल संघले शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामा .(गोले) लाई सदस्य पदमा मनोनयन गरेको छ । संघको चैत ७ गते अध्यक्ष भगिरथ आले ‘मामा’को अध्यक्षतामा बसेको बैठकले गोलेलाई जिल्ला समितिको सदस्य पदमा मनोनित गरेको हो ।

शिवसताक्षी नगपालिका वडा नम्बर ११ घर भएका गोले नेपालका प्रतिष्ठत फुटवल टिमका पूर्व खेलाडी हुन् । झापाको शिवसताक्षीमा आयोजना हुने सताक्षी गोल्डकपमा उनको नाम अग्रपंक्तिमा आउने गरेको छ । झिलझिले स्थित खेल मैदानमा दुई दशक अघि मोजाको गोल बनाएर फुटवलमा होमिएका गोले अन्तराष्ट्रिय सहित राष्ट्रिय स्तरका दर्जनौ प्रतियोगितामा सहभागी थिए ।

सताक्षीधाम स्पोटिङ क्लवका उपाध्यक्ष समेत रहेका गोलेले खेलकुद विधाबाट नेपाललाई विश्वसामु चिनाउन सकिने बताए । उनले, झापा जिल्ला फुटवल संघले आफ्नो आवश्यक्ता ठानेर जिल्ला समितिमा मनोनयन गरेकोमा संघ लगायत सो का अध्यक्ष भगिरथ आले मामा लगायतको टिमलाई धन्यवाद दिएका छन् ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

पूर्वका घटनामा चार जनाको मृत्यु

Read Next

खान नपाए फोन गर्नुहोस् — नगर प्रमुख शेर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *