add

माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

मङ्गलबारे, २७ असोज (रासस) । इलामको माईजोगमाई गाउँपालिका—१ मा आलु भण्डारणका लागि रष्ट्रिक स्टोर स्थापना गरिएको छ ।

गाउँमा आलु भण्डारण गर्ने ठाउँ नहुँदा समस्या भएपछि स्थानीय कालिका कृषि सहकारी संस्थाले आलु भण्डार (रष्ट्रिक स्टोर)को स्थापना गरेको हो ।

कृषि अनुसन्धान केन्द्र जौबारीको रु २० लाखको लागतमा निर्माण भएको सो स्टोरमा सहकारीमार्फत स्थानीयले उत्पादन गरेको आलु राखिने छ । रष्ट्रिक स्टोरमा १०० टनसम्म आलु भण्डारण गर्न सकिने सहकारीले जनाएको छ । सो क्षेत्र आलु उत्पादनमा अग्रणी क्षेत्रको रुपमा परिचित छ ।

आलु राख्नकालागि निर्माण भएको स्थानले किसानलाई राहत मिलेको किसानले बताएका छन् । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले आलुमा आत्मनिर्भर हुन जौवारी कृषि अनुसन्धान केन्द्रसँग समन्वय गरी अघि बढिरहेको समेत बताउनुभयो ।

उहाँले सहकारिताको माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाउँदै सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न गाउँपालिका तयार रहेको उल्लेख गर्नुभयो ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बाह्रदशीमा ‘एभरेष्ट सस्तो बजार’

Read Next

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि प्रहरीले थाल्यो अनुसन्धान

Leave a Reply

Your email address will not be published. Required fields are marked *