add

पछिल्लो अपडेट :

  • January 16, 2021

ब्राउन सुगरसहित ६ पक्राउ

झापा / झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।

गएराति ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ धाइजनबाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरि राजवंशी र गौरादह नगरपालिका–९ का २७ वर्षिय निराजन पौडेललाई तीन ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले गएराति नै शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, कचनकवल ६ बनियानीका २६ बर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी गाउँपालिका–१ फत्तेपुरका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापाबाट प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो संविधान

Read Next

गोलिया सहित सामुदायिक बनका पदाधिकारी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *