झिलझिले/ झापाको शिवसताक्षीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का ८७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनको नोबेल मेडिकल कलेजमा सोमबार राती मृत्यु भएको थियो । स्वास प्रशासमा समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
उनको सोमबार दिउँसो पीसीआर गरिएको थियो भने राती मृत्यु भएको हो । कोरोनाको रिपोर्ट भने मंगलबार दिउँसो पोजेटिभ आएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । योसँगै शिवसताक्षी नगरमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।