add

पछिल्लो अपडेट :

  • December 3, 2020

शिवसताक्षीमा दुर्घटना : ज्यान लिएर फरार बुलेट बाइकको खोजी

धरमपुर / पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको धरमपुरमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय ५० वर्षीय बिरवल भनिने बलबहादुर चेम्जुङको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरको कमलपुल छेउमा सोमबार साँझ ७ बजे पूर्वबाट पश्चिमतर्फ तीव्रगतिमा जाँदै गरेको बुलेट बाइकले ठक्कर दिँदा चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातबाट बाटो पार गरेर घरतर्फ आउने क्रममा चेम्जोङलाई पहिचान नखुलेको बुलेट बाइकले ठक्कर दिएको स्थानीयवासीले बताएका छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका चेम्जोङको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । दुर्घटना गराएर फरार रहेकोले बुलेट बाइकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

राष्ट्रपतिको हातबाट लगाए प्रधानमन्त्री ओलीले दसैँको टीका

Read Next

झिलझिलेमा जिपलाइन : युट्युबर भाग्य न्यौपानेले भने ‘सुरुमा डर लागेपनि पछि मज्जा आयो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *