add

‘बाँचौ र बचाउँ’ अभियान सुरु

सुरुङ्गा / झापाको कनकाई नगरमा रहेको श्री कृष्ण प्रणामी मन्दिरबाट बचौ र बचाऔंको अभियान शुरू भएको छ । यो अभियान नेपाल स्वंयम् सेवक संस्थाको नेतृत्वमा सञ्चालन भएको हो ।
संस्थाले मन्दिरमा रहेका ज्येष्ठ नागरिकहरुलाई कोभिड १९ को संक्रमणबाट बच्च मेडिकेडेट माक्स, सेनिटाइजर वितरण गरेको थियो । मन्दिरको आश्रयमा रहेका अनाथ वालबालिकाहरुलाई समेत शैक्षिक सामग्री वितरण गरिएको थियो ।
संस्थाका जिल्ला अध्यक्ष रमेश चम्लागाँईं, सदस्य लीला चुडाल लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । संस्थाले आउँदा दिनमा सामाजिक उत्तरदायित्व वहन गर्ने थप काम गर्दै संस्थाका अध्यक्ष रमेश चम्लागाईंले बताए ।
केही समयअघि मात्र स्थापना भएको सो संस्थाले भ्रष्टाचार र सामाजिक बेथिती विरुद्धको अभियान संचालन गरेको थियो । संस्थाले ‘युवालाई नेपालमा नै रोजगारी’ भन्ने अभियान पनि सुरु गर्नलागेको अध्यक्ष चौलागाईंले वेलकम सताक्षीलाई बताए ।
स्थानीय तह देखि केन्द्रसम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाईदिन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अवधारणालाई वास्तविक जिवनमा मिलाउन प्रयत्न हुनु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्न गर्नु, चोरिडकैती, घुसपैठ, बलात्कार जस्ता जघन्य आपराधिक क्रियाकलाप पूर्ण रुपमा अन्त्य गर्न संस्थाले रचनात्मक प्रयत्न गरिरहेको बताईएको छ ।

कमेन्ट गर्नुस्

admin

Read Previous

शिवसताक्षी नगर कोरोना मुक्त

Read Next

‘लाखौंका गाडी चढ्ने हाई प्रोफाइलकाले पनि माक्स किनेर लाउदैन्’ प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *