add

झापामा बाढी : बाढीले बगाउँदा सम्यमको ज्यान गयो


शिवसताक्षी / अबिरल .बर्षाका कारण पानीको सतह बढेर घर नजिकैको नालामा आएको बाढीले बगाउदा झापामा ३ बर्षीय एक बालकको ज्यान गएको छ ।


शिवसताक्षी ८ बस्ने मिलन बिष्टका ३ बर्षीय छोरा सम्यमको नालामा आएको बाढीले बगाएर ज्यान गएको हो । खेतको पानी नालामा निकास हुँदा पानीको सतह बढेको थियो ।
घरका अन्य सदस्य खेतमा काम गर्न गएका बेला सम्यम हराएका थिए । उनको खोजी गर्ने क्रममा घटना स्थल देखि १ सय मिटर तल उनलाई गम्भिर अवस्थामा स्थानीय छिमेकीले उद्दार गरेका थिए ।


उपचारका लागि बिर्तामोडको बिएण्डसी अस्पताल पुर्याएलगतै चिकित्सकले गम्भिर अवस्थाका बालकलाई मृत घोषणा गरेको स्थानीय मोहन सापकोटाले बताएका छन् । स्थानीयका अनुसार घटना स्थल को करिव १ सय मिटर उत्तर घर नजिकै उनको चप्पल फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापामा बाढीः पानीमा डुबेर बालकको मृत्यु

Read Next

शिवगञ्जमा सामुदायिक भवन, अन्य आठवटा निर्माण हुदै

One Comment

  • RIP

Leave a Reply

Your email address will not be published. Required fields are marked *