add

‘विप्लव’ नेतृत्वको युवा संगठन झापाका अध्यक्ष दाेमुखाबाट पक्राउ, रिहाइको माग

????????????????????????????????????

झिलझिले / नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राट गिरफ्तार परेका छन् ।
उनलाई सोमबार बेलुका दाेमुखा स्थित घरमा परिवारसँग बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको हो । विप्लव माओवादीले उनको तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार मात्रै उक्त संगठनले झापाको शिवसताक्षीमा पार्टीको जिल्ला चौथो सम्मेलन सम्पन्न गरेको थियो । पक्राउ परेका सम्राटलाइ जिल्ला सम्मेलनले अध्यक्षमा सर्वसम्मत चुनेको थियो ।

संगठनका मेची–कोशी व्यूरो संयोजक नुलुकले एक प्रेस विज्ञप्ति जारी गर्दै उनको रिहाइको माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो गौरवशाली संगठन युवा संगठन नेपाल झापा जिल्लाका अध्यक्ष कमरेड सम्राटलाई मिति २०७७–०६–१९ गते बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा गिरफ्तार गरेको छ । झापाका सचेत क्रान्तिकारी युवाहरुले भर्खरै सम्पन्न गरेको संगठनको चौथो जिल्ला सम्मेलनबाट अत्तालिएका दलालहरुका जल्लादहरुको यो निकृष्ट रबैयाको हाम्रो संगठन कडा शब्दमा निन्दा एवम् भत्सर्ना गर्दै गिरफ्तार कमरेडको तुरुन्त रिहाइको माग गर्दछ ।’

भ्रष्टाचार, जनघात र राष्ट्रघातमा चुर्लुम्म डुबेका झापाका प्रशासक र सरकारी दानापानी खानेहरु विप्लव माओवादीले उठाएका जनता र राष्ट्रको हितका मुद्दाहरुबाट अत्तालिएका आरोप समेत लगाएको छ । विज्ञप्तिमा भनिएको छ– सम्राटको गिरफ्तारी झापामा रहेका सरकारी तक्मा झुण्ड्याएका जनघातीहरुको पराजित र हत्तोत्साही मानसिकताको पराकाष्टा हो । विप्लव माओवादी र त्यसका संगठनहरुले जनताको बीचमा नितान्त राजनीतिक गतिबिधि गरिरहेको स्पष्ट पारेको छ । साथै विप्लव माओवादी कोरोना महामारीबिरुद्धको अभियानमा जुटिरहेको बताइएको छ ।

आफूहरु विशुद्ध राजनीतिक मुद्दाहरु बोकेर हिँडेको भन्दै अनावश्यक दमन तुरुन्त रोक्न चेतावनी समेत दिएको छ । राजनीतिक अधिकारलाई कुण्ठित गरेर द्वन्द्वको वातावरण बनाउनको निम्ति दमनलाइ निरन्तरता दिने हो भने संगठनले सशक्त प्रतिरोध गर्ने विज्ञप्तिमा उल्लेख छ । दलाल, माफिया, भ्रष्टाचारी, लागूपदार्थ कारोबारीलाई कारबाही गर्दै गाउँबाट लखेट्ने निकर्ष निकाल्दै युवा संगठनले चौथो जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।

कमेन्ट गर्नुस्

admin

Read Previous

ठेकदारले पुल नबनाउँदा हुलाकी राजमार्ग संचालनमा आएन

Read Next

बिर्तामोडमा म्याद गुज्रिएका खाद्य पदार्थको खुला बिक्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *