add

पछिल्लो अपडेट :

  • January 16, 2021

बिर्तामोडको कृषि बजार देशभरमै दोश्रो

झापा / झापाको बिर्तामोडमा रहेको कृषि उपज बजार मुलुककै दोस्रो उत्कृष्ट बजारको रुपमा पु्रस्कृत भएको छ ।

बिर्तामोडको कृषि उपज बजारस्थल यस वर्ष समेत गरी तेस्रो पटक पुरस्कृत भएको हो । पहिलो स्थान धरानले हासिल गरेको छ ।

प्रत्येक वर्ष विश्व खाद्य दिवस अक्टोबर १६ का अवसरमा गरिने कार्यक्रममा देशभरिका १० वटा कृषि उपज बजार स्थलहरूको प्रतिस्पर्धामा बिर्तामोड दोस्रो भएको हो ।

प्रत्येक वर्ष संघीय कृषि मन्त्रालयबाट विश्व खाद्य दिवस अक्टोबर १६का अवसरमा नेपालभरिका कृषि थोक बजारमध्ये उत्कृष्ट बजारको रूपमा यो पुरस्कार वितरण गरिन्छ । यस भन्दाअघि विसं २०६० र २०६६ सालमा बिर्तामोडले प्रथम स्थान पाएको थियो ।

त्यस्तै ४० आंै खाद्य दिवसका अवसरमा बिर्तामोडका खगेन्द्र महतोले यस वर्ष उत्कृष्ट व्यवसायीमा दोस्रो स्थान हासिल गरेका छन् । यसअघि बिर्तामोडका तिलबहादुर विष्ट देशकै उत्कृष्ट व्यवसायी घोषित भएका थिए ।

बिर्तामोडको कृषि उपज बजारस्थलले देशभरिकै दोस्रो भई तेस्रो पटक उत्कृष्ट पुरस्कार पाउन सफल भएको कृषि उपज बजारस्थल बिर्तामोडका व्यवस्थापक सिताराम नेपालले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

पार्टी विभाजन हुदैन : अध्यक्ष ओली

Read Next

बुटवलमा पूर्वराजाको पक्षमा जनलहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *