add

जोखिममा निर्धक्क रक्तदान

झिलझिले / कोभिड १९ र यसका कारण रगतको अभाब हुन नदिन झापाको शिवसताक्षीमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सतासीधाम जेसिज, लायन्स क्लब अफ शिवसताक्षी र नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको संयुक्त आयोजनामा काेराेना माहामारीकै बिचमा पनि रक्तदान कार्यक्रम भएको लायन्स क्लब अफ शिवसताक्षीका ‘प्रेसिडेन्ट’ अग्नि दुलालले बताए । नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोग रहेको कार्यक्रममा ४२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी नगरका सचिब गोविन्द काफ्लेले जानकारी दिएका छन् ।
रक्तदान कार्यक्रमको औपचारिक उद्धघाटन सत्रमा बोल्दै नेपाल रेडक्रस सोसाइटी १ नम्बर प्रदेशका कोषाध्यक्ष ओम प्रकाश गौतमले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको जानकारी दिए । कोरोना संक्रमणको माहामारी नियन्त्रणमा नआउञ्जेल देशमा रगतको अभाव हुन सक्ने उनले बताएका छन् ।

कार्यक्रममा सतासीधाम जेसिजका वर्ष २०२० का अध्यक्ष कुमार शिह साँवाले पूर्वको नमुना पर्यटकीय वाटर किङडम पार्कमा रक्तदान गर्नुको औचित्यका बारेमा जानकारी दिएका थिए । उनले सबै मिलेर हातेमालो गरियो भने सामाज रुपान्तरणमा योगदान मिल्ने बताए । रक्तदान कार्यक्रमा सहयोग गर्ने दाता लाई उनको मुक्तकण्ठले प्रशंसा गरे ।

आयोजक मध्येका लायन्स क्लब अफ शिवसताक्षीका थर्ड भाइस प्रेसिडेन्ट चन्द्रप्रसाद खनालले स्वागत गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जुनु महरा र नेपाली काँग्रेसका सभापती पर्शुराम ढँुगानाले मन्तब्य राखेका थिए ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

Massive blood donation today at Water Kingdom Park

Read Next

कमल गाउँपालिकामा श्रीमानद्धारा श्रीमतीको हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *