add

बोलेरोको ठक्करबाट महिलाको मृत्यु

झिलझिले / झापाको झिलझिलेमा मंगलबार साँझ बोलेरो जीपको ठक्करबाट एक जना ४० वर्षीय महिलाको मृत्यु भएको छ।

पुर्वबाट पश्चिम जादैँ गरेको बा ११ च ५९९० नम्बरको बोलेरो जिपले ठक्कर दिँदा शिवासताक्षी ८ झिलझिले की कमला चापागाईंको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय झिलझिले अगाडि भएको सो दुर्घटनाबाट गम्भीर घाइते भएकी चापागाईंको उपचारका क्रममा बिर्तामोड स्थित बि एंड सी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगुले बताए।

दुर्घटनामा संलग्न उक्त बोलेरो र सो का चालक शिवासताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने ४३ वर्षीय अमृतबहादुर योङ्हाङ्गलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

गौरादहमा हत्याः ‘ट्रयाकर डग’ किस्ने खोला पुगेर अल्मलियो

Read Next

गौरादह हत्या प्रकरण : प्रहरीको अनुसन्धान परिवारसँग मोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *