add

मन्त्रिपरिषद पुनर्गठन : ईश्वर पोखरेलको घटुवा, अर्थमन्त्रीमा विष्णु पौडेलको इन्ट्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।

संविधानत: मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ । नयाँ मन्त्रीहरूको सपथ भोलि साढे ११ बजे हुनेछ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

दसैंमा उपत्यकाबाट घर जाँदै हुनुहुन्छ ? सावधान !

Read Next

शेर्माको घर निर्माणका लागि हङकङबाट एक लाख सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *