add

प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ

झापा / झापाको मेचीनगर नगरपालिका ७ मेचीखोला बगरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षीय राज सुबेदी शर्मा र मेचीनगर-८ का २० बर्षीय सौगात राई रहेका छन । विशेष सुराकका आधारमा लागुऔषध व्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान सवाँ ६ बजे पक्राउ गरेको हो ।

पक्राउ परेसंगै उनिहरुमा माथी चेकजाँच गर्ने क्रममा ४ ग्राम खैरोहिरोईन ब्राउनसुगर समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

नगर प्रमुख शेर्माकाे अनुगमन, बाइस तस्विरमा ‘दोमुखा’

Read Next

आफ्नै भजन रेकर्ड गराएर दुधेमा स्टुडियोको उद्धघाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *