add

कोरोना संक्रमित झापाकी महिलाले बच्चा जन्माइन्

झापा / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा झापाकी कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् ।

झापाकी २९ बर्षीय गर्भवती महिलाको अप्रेशन गरी छोरी जन्माएकी छिन् । उनको बिहीबार ११ः२० बजे अप्रेशनमार्फत डेलिभरी गरिएको डा.मनोजकुमार शाहले जानकारी दिए ।

उनलाई बीपी प्रतिष्ठानमा १४ गते भर्ना गरिएको थियो । अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

डा. मनोजकुमार शाह, डा.अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा.जगद प्रसाद, डा.सहज पौडेल र नर्स गोमाको टिमले डेलिभरी गराएको हो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमित महिलाले बच्चा जन्माएको यो दोस्रो हो । यसअघि संक्रमित गर्भवती महिलाले नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी थिइन् ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापामा खुल्यो डेढ अर्ब लगानीमा प्रदेशकै पहिलो पाँचतारे होटल

Read Next

गौरादह हत्या प्रकरणः पाँच दिन बितिसक्दा पनि हत्यारा पत्तो लागेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *