add

पछिल्लो अपडेट :

  • January 23, 2021

शिवसताक्षीमा कोरोना संक्रमित महिलाको मृत्यु , नगरमा मृतकको संख्या ८ पुग्यो

झिलझिले / उपचारका लागि विराटनगर तर्फ लैजादै गर्दा कोरोना संक्रमित एक महिलाको बाटो मै मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेकी ३६ वर्षिय महिलाको मंगलबार दिउँसो सवा १ बजे मृत्यु भएको हो ।
मेची अञ्चल अस्पतालमा सोमबार पीसीआर गरेकी महिलाको त्यै दिन साँझ रिपोर्ट पोजेटिभ आएको थियो ।

मेची प्रादेशिक अस्पतालमा उपचार सुरु गरेकी संक्रमित महिलाको स्वास्थ्य अवस्था कमजोर बनेपछि बिराटनगर तर्फ लैजादै गर्दा उनको मृत्यु भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य साखाले जनाएको छ ।

उनको दमक बजार क्षेत्रमा मृत्यु भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य साखाका हेल्थ असिस्टेन्ड संजय ठकुरीले बताए ।उनको केही दिनदेखि स्वास प्रशासमा पनि समस्या देखिएको थियो।

नेपाली सेनाले शव व्यवस्थापन गर्ने शिवसताक्षी नगरले जनाएको छ । उनको कनकाई नदिमा परिवारको ईच्छा अनुसार दाहासंस्कार गरिने शिवसताक्षी नगरले जनाएको छ ।

यो संगै शिवसताक्षीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

कमेन्ट गर्नुस्

admin

Read Previous

भीमाकुमारीको घर शिलान्यास, एकै दिनमा डेढलाख उठ्यो

Read Next

शिवसताक्षीमा कोरोनाले फेरि अर्का एकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *