add

पछिल्लो अपडेट :

  • January 16, 2021

शिवसताक्षीको कोभिड अस्पताल संचालनमा

शिवसताक्षी / झापाको शिवसताक्षी नगरपालिकामा निर्मित कोभिड अस्थायी अस्पतालको मंगलबार उद्घाटन गरिएको छ । स्थानीय वडा नम्बर ११ को साविक झरना प्राथमिक विद्यालयको भवनलाई प्रयोग गर्ने गरी अस्थायी कोभिड अस्पतालको निर्माण गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कोभिड–१९ अस्थायी अस्पताल सङ्घीय सरकारको रु १० लाखको सहयोग र बाँकी नगरपालिकाले सहयोग गरी पाँच शैयाको बनाइएको हो । अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी रहने नगरपालिका स्वास्थ्य शाखाका संयोजक हरि बिमलीले जानकारी दिए ।

नगर प्रमुख चन्द्रकुमार सेर्माले अस्पताल उद्घाटन गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको जानकारी दिए । नगरका हरेक नागरिकको पहुँचमा स्वास्थ्य संस्था रहने गरी शिवसताक्षी नगरपालिकाले युद्धस्तरमा स्वास्थ्य संस्था र जनशक्ति विस्तार गरिरहेको उनले बताए । कोभिड संक्रमणका कारण नगरमा १२ जनाको मृत्यु भएकोमा उनले दुःख व्यक्त गर्दै मृतकका परिवारमा समवेदना समेत प्रकट गरेका छन् । नगरप्रमुख शेर्माले कोभिड– १९ को संक्रमण रोकथामका लागि नगरपालिकाले शुरुदेखि नै सचेत भएर काम गरेकोे बताउँदै रोगप्रति लापर्बाही नगर्न सबैमा आग्रह गरे।

नगरपालिका उपप्रमुख भोजकुमारी नेपालले सबैको सहयोगमा नगरपालिकाले कोभिड संक्रमण रोकथाम गर्न क्वारेन्टिन, आइसोलेसन केन्द्र हुँदै कोभिड अस्पताल स्थापना गर्न सफल भएको बताइन् ।

शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले नगरका हरेक नागरिकसँग पालिका समन्वय गरेरअघि बढिरहेको बताइन् । नगरका स्वास्थ्य, शिक्षा, कृषि, पशुसेवा, महिला तथा बालबालिका लगायतका शाखाबाट नगरवासीले लाभ लिन उनले आग्रह गरेकी छन् ।

क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका शिवसताक्षी नगरपालिका वडा नं ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष समेत रहेका सामाजिक शाखाका प्रमुख छविलाल पाठककोपनि उपस्थिति थियो । स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट संजय ठकुरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरका स्वास्थ्य संयोजक हरि विमलले गरेका थिए ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

Read Next

पुसमा मात्र झापामा सत्रकाे सवारी दुर्घटनाबाट मृत्यु, ट्राफिक प्रहरीले सडकमा सक्रियता बढायाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *