add

डाँफे सहकारीकाे नाफा करोड माथि

दमक / झापाको दमकमा मुख्य कार्यालय रहेको डाँफे बचत तथा क्रृण सहकारी संस्थाले आफ्नो १३ औ बार्षिक साधारण सभा मंगलबार आफ्नै भवनमा सम्पन्न गरेको छ ।

झापाका तीन ठाँउमा सेवा केन्द्र बिस्तार गरेको डाँफेले गत आव ०७६्/०७७ मा कुल ८ करोड ८० लाख ६७ हजार ४ सय ६५ रुपैँयाको कारोबार गरेको थियो । यतिको कारोवार गर्दा संस्थाले भने १ करोड ३ लाख ७ हजार ९ सय ४४ रुपैयाँ नाफा कमाएको साधरण सभामा लेखा समितिका संयोजक श्री हेमचन्द्र खनालले सार्वजनिक गरे ।

संस्थाले नाफाको ९ प्रतिसत शेयर सदस्यलाई बोनस र ५ प्रतिसत संरक्षीत पुजी कोषमा परिचालन गर्नेे सभामा सदस्यलाई उनले जानकारी दिएका छन् ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उनले बार्षिक प्रतिवेदन पेश समेत गरे । कार्यक्रममा संस्थाले समाजका लागि राम्रा काम गरेका दुई जनालाई सम्मान गरेको छ । संस्थाका जेष्ठ सदस्य कमल गाउँपालिका ६ का केदार नाथ पौडेल र पत्रकार मनकुमार गदाललाई सम्मान गरेको छ ।

सहकारीमा उत्कृष्ठ ऋण कारोवार गर्ने ५ जनालाई अध्यक्ष न्यौपानेले ग्रीन कार्ड प्रदान गरेका थिए । संस्थाका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठ ले स्वागत गरेको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक समिति सदस्य गणेश ढकाल सभाको प्रमुख अतिथी थिए ।

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ ,झापाका अध्यक्ष घनश्याम अधिकारी, प्रदेश नं. १ का निमित्त रजिस्टार राम प्रसाद चापागाई, नेफ्स्कुनका पूर्व कोषाध्यक्ष श्री केशव पोख्रेल लगायतले सहभागिता हुनका का साथै आआफ्ना धारणा राखेको धरमपुर सेवा केन्द्रका व्यवस्थापक योगेस अधिकारीले बताए । सचिब लिलानाथ खनालले सभाकाे सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुस्

admin

Read Previous

8,000 corona infected in Province 1

Read Next

चलचित्र कुसुमले जुराएको विदेश यात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *