add

दमकमा खानेपानीको महशुल घट्यो

दमक/ दमक खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको चौविसौं साधारणसभा बिहिबार सम्पन्न भएको छ । संस्थाका पुर्व अध्यक्ष तथा दमक वडा नम्बर ८ का वडाध्यक्ष पशुपतीराज गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष रोशन कुमार गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गौतमले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले मारमा परेका उपभोक्तलाई थोरै भए पनि राहत दिने उद्देस्यले न्युनतम ८ युनिटको १५० रुपैयाँबाट घटाएर १३० रुपैयाँ कायम गरिएको जानकारी दिए । त्यसैगरी गएको एक बर्षमा मात्रै १० किलोमिटर पाईप विस्तार गरिएको र १० हजार १ सय ८८ धारा जडान गरिएको उनले बताए । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकका सभापती प्रकाश बुढाथोकी, खानेपानी संस्थाका कोषाध्यक्ष मिना कोईराला, सदस्य राम थापा लगायतले पनि बोलेका थिए । 

कोरोना संक्रमणको जोखिमका कारणका प्रतिनिधिमुलक रुपमा सामाकिज दुरीको पालना गर्दै साधारणसभा सम्पन्न गरिएको संस्थाका सचिव हरि सुवेदीले जानकारी दिए । 

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

अब सम्झनामा मात्र इलामकी सांसद सानु पहाडी

Read Next

कात्तिक २ गतेदेखि बिर्तामोड नगरपालिका बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *