add

पछिल्लो अपडेट :

  • January 16, 2021

दमकमा ३० बेडको कोभिड अस्पताल

दमक / बेलडागीमा दमक नगरपालिकाले दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्र स्थापना गरेको  छ । लामो समयको तयारी पछि दमक २ स्थित भुटानी शरणार्थीहरुको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुननिर्माण गरी कोभिड उपचार केन्द्रका रुपमा आजदेखि सञ्चालनमा ल्याइएको हो ।

सो केन्द्रको आज प्रदेश सभा सदस्य अर्जुन राईले औपारिक उदघाटन गर्दै विश्वभर फैलिएको कोरोना महामारीसंग जुध्न सबै शक्ति एक ठाउमा उभिने बेला आएको बताए । सो उपचार केन्द्रबाट यहाका नागरिकहरुलाई भरपुर सेवा लिएर लाभ उठाउन उनले आग्रह गरे ।

अक्सिजन सहितको ३० बेडको सो उपचार केन्द्रमा ४ बेड एचडियु रहने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छिन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोभिड उपचार केन्द्रका रुपमा सो अस्पताल सञ्चालनमा आएको जानकारी गराउदै अस्पताललाई निरन्तर संचालन गर्न सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा समेत राखिएकी जनाएकी छिन ।

संघिय सरकारले सबै स्थानीय तहलाई विभिन्न मापदण्डहरुसहित आआफना पालिकाका कोरोना संक्रमितहरुको उपचारका लागि कोभिड अस्पताल सञ्चालन गर्न करिब दुई महिना अघिनै सर्कुलर गरेको थियो ।

धेरै जसो स्थानीय तहले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याए पनि यस अघि दमकमा कोभिड अस्पताल स्थापनामा ढिलाई भएको जनगुनासो थियो । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले दमक नगरपालिकाले कोरोना लक्षण देखिएकाहरुको स्वाव संकलन गरी पीसिआर परिक्षण गर्ने क्रमलाई निरन्तरता दिइरहेको पनि स्मरण गराएका छन ।

केही समययता दमकमा सशुल्क मात्रै कोरोना परिक्षण हुने गरेको निराधार हल्ला फैलाइएको भन्दै उनले स्वैच्छिक रुपमा आफैं परिक्षणका लागि जानेलाई नरोकेको तर कोरोना लक्षण भएकाहरुको सातामा दुई दिन करिब ३०० जना सम्मको स्वाव संकलन गर्ने काम भइरहेको भट्टराईले बताए । भोली बिहान ८ बजेदेखि कोभिड उपचार केन्द्रको परिसरमा समेत मापदण्ड भित्र परेका शंकास्पद कोरोनाका लक्षण भएकाहरुको स्वाव संकलन गरिने उनले बताए । उनले नगरपालिकाबाट निशुल्क पीसिआर परिक्षण भइरहेको स्पष्ट पारे ।

कमेन्ट गर्नुस्

admin

Read Previous

समाचार प्रभावः जग्गा दाता भेटीए भीमाकुमारीको घर नेपाली कांग्रेसले बनाईदिन्छ — सभापति पर्शुराम ढुँगाना

Read Next

घर निर्माणको घोषणा गरेको नेपाली कांग्रेसले जग्गा पनि दियो, जुट्न थाल्यो सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *