add

नगर प्रमुखलाई कोरोना : दमक नगरपालिका ४ दिन बन्द

झापा / नगर प्रमुख रोमनाथ ओली र वडाअध्यक्षलाई कोरोना संक्रमण देखिएको छ। 

उनीहरूलाई संक्रमण देखिएपछि दमक नगरपालिका कार्यालय चार दिन बन्द गरिएको छ। कार्यपालिकाको कार्यालयसँगै वडा कार्यालयहरू पनि मंगलबारदेखि चार दिनका लागि बन्द हुने भएको हो। 

नगरपालिकाका अन्य पदाधिकारीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ तयार गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरू चार दिनका लागि बन्द गरिएको नगरपालिकाले सूचना जारी गरेर जनाएको छ। 

उपसचिव दिनेशकुमार न्यौपानेले हस्ताक्षर गरेको सूचनामा नगरकार्यपालिका र वडा कार्यपालिका चार दिनका लागि बन्द हुने उल्लेख छ। सोमबार दमक नगरपालिकामा एक महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये रिपोर्ट भएकामध्ये दुई जना नगरपालिकाका पदाधिकारी हुन्। 

नगरपालिकाका प्रमुख रोमनाथ ओली र १० नम्बर वडाध्यक्ष बोधराज न्यौपानेसहित केही अन्य नगरबासीको समेत कोरोना परीक्षण गरिएको थियो। ओली र न्यौपाने होम आइसोलेसनमा बसेका छन्। 

दमक नगरपालिकाका प्रतिनिधि र उनीहरूको सम्पर्कमा रहेका २५० जनाको कन्ट्याक्ट ट्रेसिङ रहेको स्वास्थ्य शाखाका सूचना अधिकृत बद्री बरालले जानकारी दिए। उनीहरू सबैको झापाको कनकाई नगरपालिकास्थित समर्पण भवनको ल्याबमा स्वाब परीक्षणका लागि पठाइएको छ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापा बारको आपत्ती

Read Next

Corona to the mayor: Damak municipality closed for 4 days

Leave a Reply

Your email address will not be published. Required fields are marked *