add

डाफे सहकारीद्वारा सदस्यलाई २२ लाख ब्याज छुट

दमक / दमक ५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले आफनो १३ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने बार्षिक प्रतिबेदन आज यहाँ सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले आईतबार संस्थाको सभाहलमा आयोजित एक कार्यक्रमका वीच ४७ करोड बढि वासलत रहेको बार्षिक प्रतिवेदन सार्वजनिक गरे ।

बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष न्यौपानेले आगामी तीनवर्ष भित्र वासलतलाई दोब्वरले बढाएर १ अर्व ४ करोड माथि पुरयाउने लक्ष्य रहेको बतए । यसैगरि सोहि कार्यकालमा संस्थाले धेरै नीतिगत सुधारका साथै आर्थिक सुधारका रणनीतिहरु लिएको समेत उनले जानकारी दिए ।

संस्थाले यसै आर्थिक वर्ष बाट व्यवसायिक ऋण लगानीमा बृद्धि गरि ३५ लाखबाट बढाएर ४० लाख पुरयाउने, सदस्य मृत्यु राहत कोषलाई १५ हजारबाट २० हजार पुरयाउने तथा संस्था बिकास कोषमा १ हजार रुपैया थप गरिएको अध्यक्ष न्यौपानेले बताएका छन् ।

यसरी नै ऋण तथा बचतको व्याजदरमा समेत हेरफेर गरिएको १० लाख बढिको कर्जा भुक्तानीको समय ५ वर्षबाट बढाएर १० वर्ष पुरयाइएको, सामूहिक कर्जामा बृद्धि गरिएको, ब्यक्तिगत कर्जालाई १० लाखबाट बढाएर १५ लाख पुरयाइएको, कर्जा सुरक्षण कोषमा ५० प्रतिशत छुट, कार्यालय भवन सुधार तथा बिर्तामोड र सुरुङामा थप २ वटा सेवा केन्द्र सञ्चालनका लागि समेत प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरि,संस्थाले मुलुकको बिषम परिस्थितिलाई मध्यनजर गर्र्दै मुलुकमा गरिएको लकडाउन यताको असार मसान्तसम्म सदस्यहरुलाई २२ लाख बढिको व्याज छुट दिएको जनाएको छ । त्यस्तै, संस्थाले झापाको कोटीहोममा सञ्चालनमा आएको पिसिआर ल्याब सञ्चालनका लागि ५१ हजार सहयोग गरेको छ भने अन्य उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्ने लक्ष्य रहेको छ । हाल संस्थाले ३४ करोड बढि कर्जा लगानी गरेको जनाएको छ ।

संस्थाको बार्षिक साधारणसभा आगामी असोज २० गते संस्थाको सभाहलमा सम्पन्न गरिने संस्थाका व्यवस्थापक सुदिप खतिवडाले जानकारी दिए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहकारीका सहसचिब केशवशरण अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका लेखा समिति संयोजक हेमचन्द्र खनालले संस्थाको आर्थिक प्रगतिका बारेमा जानकारी गराएका थिए । कार्यक्रम सचिब लिलानाथ खनालले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

कमल ५ मा रहेको साधुहोलि तथा सिमसार क्षेत्रको अनुगमन तथा निरिक्षण

Read Next

कारागारमा कोरोना फैलन नदिन झापा बारको ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *