add

पछिल्लो अपडेट :

  • December 3, 2020

राष्ट्रपतिको हातबाट लगाए प्रधानमन्त्री ओलीले दसैँको टीका

झापा / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् ।

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउन पाएनन्  । उनले बालुवाटारमा पत्नी राधिका शाक्यलाई मात्र दसैँको टीका लगाइदिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

सन्थाल बस्तीमा बजेनन् ढोल

Read Next

शिवसताक्षीमा दुर्घटना : ज्यान लिएर फरार बुलेट बाइकको खोजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *