माइधार / पार्किङमा राखिएकोे आफ्नो गाडीको स्टेरिङ्ग सिटमा चढ्न खोज्दै गर्दा पछाडीबाट आएको ट्रकको ठक्करबाट झापामा एक जना सवारी चालकको मृत्यु भएको छ ।
सोमबार राती झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित भालुखोलामा पार्किङ गरेर पिसाव फेरेर आफ्नै स्टेरिङ्गमा चढ्नका लागि चालक ढोका खोल्दै गरेका मोरङ केरावारी गाँउपालिका वडा नम्बर ८ का भोजराज भनिने कृष्ण आचार्यको पछाडी बाट आएको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
मृतक आचार्य को २ च १५८२ नम्बरको वोलेरो पिकअप का चालक हुन् । प्रहरीका अनुसार आचार्य पिसाव फेरेर आफ्नो गाडीको स्टेरिङ्गमा बस्नका लागि चालक तर्फको ढोका खोल्दै थिए । उनलाई ग १ ख ६४६७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनाबाट गम्भिर घाईते भएका आचार्यको मंगलबार विहान पौने ९ बजे विर्तामोडको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट झिलझिलेका प्रहरी सहायक निरीक्षक गणेश कुमार श्रेष्ठले बताए ।
ईलाका प्रहरी कार्यालयले ट्रक र सोका चालक पाँचथर हिलिहाङ्ग गाँउपालिका वडा नम्बर ७ का डवलकुमार तामाङ्गलाई नियन्त्रणमा लिएको छ ।