शिवसताक्षी / नहरमा डुबेर शिवसताक्षी नगरपालिका वडा नम्बर २ का एक बालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो शिवसताक्षी नगरपालिका २ हिमाली चौकका बिष्णु कार्कीका ११ वर्षीय छोरा बिवेक कार्कीको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नहरको पानीमा पौडी खेल्ने क्रममा ति बालक डुबेका थिए । पानीमा डुबेको देखेपछि आफन्तले तत्काल उद्धार गरेर उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।