add

झापाका व्यक्तिलाई कोरोना होइन, निमोनियाको आशंका

झापा । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्का गरिएको भनेर गलत प्रचार गरिएको भेटिएको छ ।

वेलकमल सताक्षीधाम डटकमले गरेको फ्याक्ट चेकमा निमोनिया भएको व्यक्तिलाई कोरोना संक्रमण भएको भनेर हल्ला फैलाइएको पाइएको हो ।

सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई उदृत गर्दै आइतबार दिउँसो कोरोना आशंकित व्यक्तिलाई काठमाडौंको ग्राण्डी अस्पतालमा रेफर गरिएको उल्लेख गरेको थियो । यसैलाई आधार बनाएर विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए ।

तर, हामीले नोबेल अस्पतालका कार्यकारी निर्देशक डा. राजेश नेपाललाई सम्पर्क गर्दा वास्तविकता प्रचार गरिए जस्तो नभएको खुल्यो । नेपालले ती व्यक्तिलाई कोरोना संक्रमण नभएको मात्र बताएनन्, आफूहरुसँग कोरोना भए/नभएको जाँच्ने प्रविधि नै नभएको सुनाए ।

उनले हल्ला कसरी फैलियो थाहा नभएको बताउँदै आश्चर्य लागेको वेलकमल सताक्षीधामलाई बताए । बरु ती व्यक्तिलाई निमोनियाको आशंका गरेर रिफर गरेको अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताए ।

यसअघि राससलाई उदृत गर्दै हामीले पनि उक्त समाचार प्रकाशित गरे पनि सच्चाएका छौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।

यो पनि पढ्नुस्

कोरोनाबाट बच्न झापाका चिकित्सकको यस्ता छन् सुझाव

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

संस्कार होस् त उपमेयर नेपालको परिवारमा जस्तो !

Read Next

कोरोनाको कहर : शिवसताक्षीमा स्वाथ्यकर्मीले विदा नपाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *