add

पछिल्लो अपडेट :

  • January 16, 2021

गैंडे सामुदायिक वनले भन्यो-‘रुख तस्करले काटेको हो’ (विज्ञप्ति सहित)

माईधार / शिवसताक्षी नगरपालिका वडा नम्बर १० माईधार स्थित रतुवामाई वृक्षा रोपण आयोजनाको हातामा केहि दिन अगाडी वेवारिसे अवस्थामा फेला परेको गोलिया तस्करले काटेको गैंडे सामुदायिक वनले जनाएको छ ।

सामुदायिक वनका कोषाध्यक्ष रविन न्यौपानेले विज्ञप्ति जारि गर्दै गैंडे सामुदायिक वनका अध्यक्ष अमृतवहादुर कार्की र उपाध्यक्ष नन्दप्रसाद रायको नाम जोडिएर विभिन्न अनलाईनमा आएको समाचारमा असहमती जनाएका छन् । संचार माध्यममा आएका समाचारले गैंडे सामुदायिक वन उपभोक्ता समूह माईधारको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

पुस १९ गते आईतवार विहान ११ बजे र २३ गते विहीबारका विहान ७.३० बजेको समयमा गैडे सामुदायिक वन उपभोक्ता समूहको गस्ती टोलीले रतुवामाई वृक्षारोपण आयोजनाको हातामा दुई वटा रुख काटिएको अवस्थामा फेलापारेको हो । स्थानीय बास्तानी भन्ने ठाँउमा सामुदायिक वनको टोली गस्ति गर्दे जाने क्रममा बेवारिसे अवस्थामा गोलिया फेला पारेको वनका कोषाध्यक्ष रविन न्यौपानेले जारि गरेको बिज्ञप्तिमा उल्लेख छ ।

पुर्वमा हुन्द्रगे खोल्सी, पश्चिममा कुवापानी, उत्तरमा बासपाने खोल्सी र दक्षीणमा रतुवामाई वृक्षारोपण आयोजनाको वनक्षेत्रको चार किल्ला भित्र साखु जातको रुख टुन टुक्रा गरि बेवारिसे अवस्थामा रहेको र सो क्षेत्रमा वन समूहको गस्ती टोली पुग्दा कोहि पनि मानिस नभएकोले सुरक्षाका लागि सामुदायिक वनले ती गोलिया वनको काठघाटगद्धीमा ल्याएको थियो । टुनटुक्रा बेवारिसे अवस्थामा रहेकोले सो टुन टुक्रा त्यहि रहिरहदाँ सुरक्षाका कारण तस्करले देखेमा चोरेर लैजाने सम्भावना धेरै भएकोले स्थलगत मुचुल्का तयार गरी सामुदायिक वनले गोलियाको सुरक्षा दिएको विज्ञप्तिमा उल्लेख छ ।

वन हेरालुले देखे, सुने, जाने सम्मको सत्य व्यहोरा पछि सम्म फरक नपर्ने गरी बरामदी मुचुल्का सामुदायिक वनका हेरालु उपेन्द्र खड्का, दिलिप ओली, अर्जुन चौहान र टेकवहादुर गुरुङ्गले सहिछाप गरि डोर मार्फत नेपाल सरकारमा बुझाएको समेत विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न संचार माध्यममा आएका समाचारले यस सामुदायिक वनका अध्यक्ष तथा उपाध्यक्षलाई डिभिजन वन कार्यालय झापाले नियन्त्रणमा लिएको भन्ने समाचारको विज्ञप्तिमा खण्डन गर्देै त्यसमा कुनै सत्यता नभएको समेत उल्लेख छ ।

दुई वटा साखु जातको रुख तस्करले कटान गरि वेवारिसे अवस्थामा छोड्दा सुरक्षाका दृष्टीकोणले केहि गोलिया यस सामुदायिकवनको काठ घाट गद्धिमा ल्याएको र सुरक्षीत साथ राखी नियमनकारी निकायमा जानकारी गराउन पत्राचार भएको पनि विज्ञप्तिमा उल्लेख छ । रतुवामाई वृक्षारोपरण अयोजना र सेक्टर वनकार्यालय दमकको टोली आई उक्त काठ नियन्त्रणमा लिएको पनि विज्ञप्तिमा जनाईएको छ । सामुदायिक वनका अध्यक्ष कार्की र उपाध्यक्ष राय घटना सम्बन्धि आवस्यक जानकारीका लागि डिभिजन वन कार्यालयमा आफैं गएकोे विज्ञप्तिमा उल्लेख छ ।

‘वन जोगाउन र हरियाली वन निर्माणको अभियानमा जुटेको यस गैंडे सामुदायिक वनमाथि लागेको यस प्रकारको लाच्छना प्रति हामी खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘भविस्यमा पनि आम उपभोक्ताको अधिकारलाई स्ुचिश्चित गरि वन जोगाउन र वनपैदावार नियमित संकलन गर्ने कुरामा नेपाल सरकारको निर्देशन अनुसार हुने नियमनकारी निकायमा अनुरोध गर्दछौं ।’

पर्यावरणीय सुधारका लागि यस सामुदायिक वन सधै लागि पर्ने जानकारी गराउँदै गलत र भ्रम पुर्ण समाचारका पछि नलाग्न आम उपभोक्तालाई विज्ञप्ति मार्फत गैडे सामुदायिक वनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

धरमपुरमा दुर्घटना, झिलझिलेका ढकालकाे ज्यान गयाे

Read Next

प्रहरी उपरीक्षक कोइरालाको सरुवा: झापा बस्दा के उपलव्धि गरे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *