add

सरकारको आग्रहः दशैँमा नयाँ लुगा नकिन्नु

झापा / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैँमा भीडभाडमा गएर किनमेल नगर्न आग्रह गरेका छन् । उनले यसपाली दशैँमा पुरानै कपडा लगाएर दशैँ मनाउन आग्रह गरेका हुन् ।     

गौतमले भने, ‘भीडभाडमा गएर सपिङ नगरी भएकै लुगा कपडा र सरसमानको उपयोग गरी पुरानै लुगा लगाउँ । घरमै बनाएको खाने कुरा घरकै सदस्य मिलेर मात्रै खाउँ।’ साथै उनले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दशैँमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छन्। 

गौतमले दशैँमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गरेका हुन्। ‘धेरै बुढापाकासँग गएर यस पटक टीका नलगाउँ’ प्रवक्ता गौतमले भने ‘बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ।’ त्यस्तै प्रवक्ता गौतमले धेरै भीडभाडमा गएर टीका लगाउने र खाने काम नगर्न आग्रह गरेका छन्।   

उनले भने, ‘तपाइँ हामीले आफ्नो पाका सदस्यहरुसँग आर्शिवाद लिने क्रममा संक्रमण सारेर के दुर्घटना त निम्त्याउने योजनामा छैनौं ? त्यसो नगरौं, समयमै सचेत बनौं ।’ 

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

Nepal’s Economy Will Grow By 0.6% In 2021: World Bank

Read Next

मेची प्रादेशिक अस्पताल बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *