झिलझिले / झापाको रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा धारिलो हतियार प्रयोग गरेर घाँटी छेदन गरिएको अवस्थामा पुरुषको सव फेला परेको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने गोमन शिंह भनिने गोविन मगरको घाँटी छेदन गरेर हत्या गरेको अवस्थामा सव फेला परेको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले बताए । उनका अनुसार हिजो साँझ देखी २९ वर्षीय मगर हराईरहेका थिए । उनको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको सवको प्रकृती देख्ने स्थानीयले बताएका छन् । उनको सव बुधबार बिहान १० बजे तीर फेला परेको हो ।
घटना स्थल देखी १०० मिटर उत्तर दुरीमा एउटा मोटर साईकल पनि फेला परेको छ । मोटर साईकलमा मगरलाई ल्याएर हत्या गरेको हुन सक्ने स्थानीयबासीको अनुमान छ । स्थानीय बासीका अनुसार घटना स्थल नजिक फेला परेको मोटर साईकल करिब १ महिनादेखि उनैले चलाउदै आएका थिए ।
घटना स्थललाई स्थानीय प्रहरीले घेराबन्दी गरेको छ । समाचार श्रोतका अनुसार नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना स्थल ईलाका प्रहरी कार्यालय झिलझिले देखि करिब १ किलो मिटर उत्तर सताक्षीधाम जानेबाटोमा छ ।