add

शेर्माको घर निर्माणका लागि हङकङबाट एक लाख सहयोग

दुधे । नेपाली कांग्रेस शिवसताक्षीको संयोजनमा बाढीबाट घरबार विहिन झापा शिवसताक्षी १० निवासी तारा शेर्माको घर निर्माणका लागि शिवसताक्षी हङकङ समाजले एक लाख रुपैयाँभन्दा बढी सहयोग रकम हस्तान्तरण गरेको छ ।

शिवसताक्षी घर भई बैदेशिक रोजगारका लागि हङकङमा बसोबास गर्ने युवा युवतीको समुहबाट शेर्माको घर निर्माणका लागि एक लाख १३ हजार ३ सय रकम हस्तान्तरण गरिएको हो।

नेपाली कांग्रेस शिवसताक्षीको संयोजनमा हङकङ समाजसंग समन्वय गरी प्राप्त भएको रकम शेर्माको घर निर्माणको अगुवाई गरिरहेको संस्था मेची अभियानलाई मंगलबार दुधे बजारमा अगुवा कार्यकर्ताहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

शिवसताक्षी हङकङ समाजका तर्फबाट नेपाली कांग्रेश शिवसताक्षीका सभापती पर्शुराम ढुंगाना, असोक बस्नेत लगायतको टिमले हङकङबाट आएको रकम मेची अभियानका सदस्य ज्ञानेन्द्र निरौलालाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा आफ्नै नगरकी चेलीको घर निर्माणमा सबै शिवसताक्षी नगरबासीका तर्फबाट सहयोग गर्ने बताउँदै आगामी दिनमा समेत सहयोगको लागि समन्वयकारी भुमिका खेल्ने सभापती ढुंगानाले बताए । अभियानका सदस्य निरौलाले तारा शेर्माको घर निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले शिवसताक्षी हङकङ समाजलाई धन्यबाद समेत दिए ।

असार १२ गते कनकाई खोलामा आएको बाढीले घर बगाए पछि अलपत्र परेकी एकल महिला शेर्माको घर निर्माणका लागि शिवसताक्षी नगरपालिकाले उपलब्ध गराएको जमिनमा अभियानका तर्फबाट घर निर्माण भईरहेको छ ।

करीब ७ लाखको लागतमा निर्माण हुने गरी थालिएको घर कार्तिक महिना भित्र निर्माण सम्पन्न गरी शेर्मा र उनका ३ छोरीहरुलाई हस्तान्तरण गर्ने योजना रहेको मेची अभियानका संयोजक बिजय डालमियाले बताए ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

मन्त्रिपरिषद पुनर्गठन : ईश्वर पोखरेलको घटुवा, अर्थमन्त्रीमा विष्णु पौडेलको इन्ट्री

Read Next

अब सम्झनामा मात्र इलामकी सांसद सानु पहाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *