add

पछिल्लो अपडेट :

  • January 16, 2021

प्रचण्ड-नेपाल समूह चुनाउबाट डराए, उपप्रधानमन्त्री पोख्रेल

विर्तामोड /उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड समूह चुनाव भाँड्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । देश चुनाउमा गइसकेको अवस्थामा सो समूह भने चुनाउ भाँड्ने खेलमा लागेको उनको आरोप होे ।

नेकपाले झापाको विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘प्रचण्ड लगायतको केहि सानो समूह जनताको बीचमा जान तिघ्रा कमाएर चुनाव भाड्न निर्वाचन आयोग लगायतका निकायमा धाइरहेकाछन् ।’
पोखरेलले देश चुनाउमा गइसकेकोले अब कसैले चाहेर चुनाव नरोकिने जिकिर गरे ।

सरकार, निर्वाचन आयोग र सुरक्षा संयन्त्र निर्वाचनको तयारीमा लागिसकेको ले पार्टीका नेता कार्यकर्तालाई पनि उनले अब जनता सामु सत्य कुरा लिएर जान निर्देशन दिए । उनले भने, ‘निर्वाचनको विकल्पै छैन । कसैले चाहँदा निर्वाचन हुने र नचाहना नहुने भन्ने कुरा होईन । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि तोकेकै समयमा निर्वाचन हुन्छ ।’

प्रचण्डले पार्टी अध्यक्ष केपी सर्मा ओलीले आव्हान गरेको नेकपा बैठकमा पेश गरेको आरोप पत्र फिर्ता लिई बैशाख १७ र २७ को निर्वाचनलाई स्वीकार गरे पार्टी एक ढिक्का हुन हुनसक्ने उनले बताए । कानुनत:पार्टी विभाजन नभइसकेकोले प्रचण्ड समूह सच्चिएर आए छलफल गर्नसकिने पनि उनको तर्क थियो ।

पार्टी एकता नभए प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी हुने उपप्रधान मन्त्री पोख्रेलले दाबी गरेका छन् । ‘केपी ओलीले नेतृत्व गरेको पार्टी नै नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक पार्टी हो, सूर्य चिन्ह नेकपाको हुन्छ’, उनले ठोकुवा गरे ।

प्रचण्ड समूहको कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउँदै पोखरेलले यो वाध्यामक स्थिति भएको वताए । निर्वाचनमा सबैले भाग लिएर जनताले दिएको फैसलाले मात्र राष्ट्रपती,प्रधानमन्त्री वा अन्य कुनै पदको जिम्बेवारी लिन उनले सबै लाई अनुरोध गरे ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

दमकको लाइफलाइन अस्पतालले पायो नयाँ नेतृत्व

Read Next

बिर्तामोडमा भक्का दिवस मनाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *