add

पछिल्लो अपडेट :

  • March 1, 2021

उद्ययमशिलताले समृद्दि सम्भव छ

लेखक – जगदिप चौहान

नेपाली मिडियाले प्रत्यक्ष बिक्री प्रणालीलाई बिरोध गर्नु स्वभाबिक नै हो । ट्रेडिसनल कंपनी शुरुहुंदा लाखौं करोडौंको बिज्ञापन प्रचार प्रसारको लागि खर्च गरिन्छ । कम्पनीको उत्पाद जस्तो सुकै भएपनि त्यसलाई राम्रो हो भनेर सेलिब्रिटी समेतलाई बिज्ञापनमा अभिनय गर्न लगाएर प्रस्तुत गरिन्छ ।

सबैको बिक्री गर्ने चेन नेशनल स्टॉकिस्ट, रिजनल स्टॉकिस्ट, होलसेलर, डिलर र रिटेलर हुदै उपभोक्ताको हातमा उत्पादन पुग्छ। यो सबैमा मुनाफाको हिस्सा बाढिन्छ र सो अनुसार नै उत्पादनको मुल्य तोकिन्छ जुन एमअारपि मा उपभोक्ताले बस्तु खरिद गर्दछन् । सबैभन्दा ठुलो खर्च ऊत्पादनको प्रचारमा लाग्ने हुँदा सोको प्रत्यक्ष फाईदा मिडियालाई हुने हो । प्रत्यक्ष बिक्रीमा कम्पनी र कम्पनीको बिक्री कक्षबाट सिधा उत्पादन उपभोक्ताको हातमा जान्छ । कम्पनीको उत्पादनहरु उच्चकोटीको हुने एवं उपभोक्ताले उपयोग गरेर उत्पादनबाट सन्तुष्ट भएपछि अन्य ब्यक्तिहरुलाई सिफारिस गरिन्छ ।

त्यसरी सिफारिस गर्दा त्यहांबाट हुने ब्यापार एवं मुनाफाको निस्चित हिस्सा सिफारिस कर्ताले पाउदछन् । यसरी सिफारिसबाट नै यो ब्यापार समाजको सबै बर्गसंग पुग्ने हुँदा महªगो मिडिया खर्च गर्नु पर्दैन । जसको फाईदा उपभोक्ता र सिफारिस कर्ता दुबै पक्षलाई हु्नजान्छ । त्यसैले यसलाई Win Win System समेत भनिन्छ । हामी कुनैपनि राम्रो कुरालाई स्वत: अरुलाई सिफारिस गर्छौं नै । यही काम प्रत्यक्ष बिक्रीमा गर्दा आम्दानी पनि हुने र बृति विकासको निःशुल्क प्रशिक्षण पनि हुने गर्दछ । करिब १०० बर्ष पुरानो यो प्रणाली १७० वटा मुलुकहरुमा ब्यवस्थित ढंगले चलेको छ ।

भनिन्छ, अमेरीका जस्तो बिकसित मुलुकमा हरेक साल ५०० जना नयाँ करोडपति हुन्छन् । जसको ५५-६०% योगदान प्रत्यक्ष बिक्रीले गरेको रहेछ । नेपालमा पनि सरकारले यो कुरा बुझेर बल्ल यसलाई नियमन गर्ने कानुन बनाई यो आधुनिक ब्यापारलाई बैधानिक बनाएको छ । एउटा तथ्याँक अनुसार नेपालमा करिब ७ लाख देखि १२ लाखसम्म मानिसहरु यो प्रणालीमा देस बिदेसबाट आबद्ध रहेका छन् । यसको आकर्षण अझै बढ्ने निश्चित छ।

सरकारले लिएको नारा समृद्ध नेपाल; सुखी नेपाली पुरा गर्न ज्यादा भन्दा ज्यादा रोजगार सिर्जना गर्न जरुरी छ । केही हदसम्म त्यो जरुरी प्रत्यक्ष बिक्री प्रणालीले पुरा गर्ने कुरामा आशावादी बन्न सकिन्छ । मुनाफाको निश्चित भाग स्वंय सिफारिस कर्ताले पाउने एवं यसमा आबद्ध हुन कुनै निश्चित उमेर, योग्यता, अनुभव र ठुलो पुँजी नचाहिने हुँदा यसको आकर्षण दिनानुदिन बढ्ने क्रममा देखिन्छ। यसरी मुनाफा बाडिने हुंदा यसलाई ख्यातिप्राप्त अर्थशास्त्रीहरुले ब्यावशाय भित्रको समाजबाद भनेर सम्मान दिएको पाईन्छ ।

ढिलो आयो तर दुरुस्त आयो भन्ने ऊखान झैं सरकारले यसको सकारात्मक पक्ष बुझेर कानुन निर्माण गर्दै यसलाई ब्यवस्थित गरेर लाखौं जनताको मन जितेको छ । सरकारको यो कदम सही समय र सही प्रयोजनले आएको छ । देसमा बेरोजगारीको संख्या दिनानुदिन बढिरहेको अवस्थामा यसले थोरै मात्र भएपनि स्वरोजगार थप्ने निश्चित छ ।

बस्तुको बिक्री प्रणाली एवं बिक्रेताहरुको आम्दानी बाट पनि निश्चित रकम करबाट उठेर राष्ट्रिय अर्थव्यवस्था पनि मजबुत हुंदै जानेछ । बेरोजगारी को कारण चोरी, डकैती, लुटपाट- गुन्डागर्दी , हत्याहिंसा जस्ता अपराधिक घटनाहरु एवं गरिबी कारण आत्महत्या जस्ता घटनाहरु पनि स्वत: घट्ने छ । यी सबै कुराहरू बुझेर मात्र समाचार तयार गर्नुपर्नेमा जनतालाई गुमराहमा राख्ने काम गरेको जस्तो देखिन्छ। आगामी दिनमा यी कुराहरु ध्यानमा राखेर रिपोर्टिंग गरियोस, एउटा शालिन आग्रह ।

ख्यातिप्राप्त लेखक एवं अर्थशास्त्रीहरु पल जेन पिल्जर, रॉबर्ट टी. कियोशाकी यसलाई २१ औं शताब्दीको आधुनिक ब्यापार भनेर शालिन ढंगले प्रस्तुत गर्दछन् । आजको यो महंगो प्रतिस्पर्धात्मक युगमा आम्दानीका बाटाहरु बनाउन सकिएन भने बढ्दो मुल्य बृद्दिले सबैको मेरुदन्ड भांच्ने निश्चित छ ।

शिक्षा-स्वास्थ्य, खाधान्न, लत्ताकपडा, निर्माण सामग्री लगायत सबै जरुरत हुने उपभोग्य बस्तुहरुको मुल्यबृद्दीले साधारण आम्दानीले घरपरिवारको पालन गर्न गार्हो परेको अवस्थालाई प्रत्यक्ष बिक्री प्रणालीले थोरै भएपनि राहत दिने अपेक्षा गर्न सकिन्छ । यो सामाजिक प्रणालीमा गृहिणी, शिक्षक, बिधार्थी, डाक्टर, ईन्जिनियर, वकिल , सेवा निवृत, मजदुर एवं समाजका सबै क्षेत्रका ब्यक्तिहरुको जमघट हुने हुँदा सबै क्षेत्रको सीप-ज्ञान पनि सित्तैमा सिक्न र सकारात्मक चिन्तन गर्न पाईने हुँदा यसको सुन्दरता अझै बढेर जाने निश्चित छ।

तसर्थ पूर्वाग्रह छोडेर यसको राम्रो पक्षलाई अनुशरण गरि उचित लाभ लिन जरुरी छ । भबिष्यप्रति सकारात्मक सोच भएका हरेक ब्यक्तिले यसको प्रचार र हिस्सा बन्नु राम्रो कदम हुनेछ । अासा गरौं उधमशिलताले समृद्दि सम्भव छ ।

कमेन्ट गर्नुस्

admin

Read Previous

माक्स नलगाए दुईघण्टा प्रहरीले उभ्याउने

Read Next

बाँध भत्काएर कन्काईको बाढी रंगियाथान बजार पस्यो

2 Comments

  • Agreed👌👏

  • Dhanyabad xa sir .

Leave a Reply

Your email address will not be published. Required fields are marked *