add

पछिल्लो अपडेट :

  • January 16, 2021

पत्रकार सिग्देलको एक दिन (समय कथा) : एक पर्यटनग्रन्थ

पत्रकार तीर्थ सिग्देलद्धारा लिखित यात्रा संस्मरण एक दिन (समय कथा) बजारमा आएको छ ।

यो उनको चौथो कृति हो । दक्षिण एसियाका आधा दर्जन देशहरुको भ्रमण पश्चात तयार भएको यो कृतिले एउटा सन्देश दिने प्रयास गरेको छ । खासगरेर १४ बटा च्याप्टरमा लेखकले दुबई, श्रीलंका, भारत, कतार, बंगलादेश, सिंगापुर, मलेसियाजस्ता देशहरुले गरेका प्रगतिका कथा र हाम्रो देशले भोगेका पिडा समेटिएको छ ।

मुलुक बनाउन कति समय लाग्छ ? देश बनाउने कसम खाएर आएको नेतृत्वले चाह्यो भने मुलुक सिंगापुर बन्न सक्छ । मलेशिया बन्न सक्छ, त्यति मात्र होइन, आजको कतार र दुबईले गरेको प्रगतिलाई नियाल्ने हो भने हाम्रो मुलुक बनाउन केवल प्रतिबद्धता मात्र चाहिन्छ । आँट, धैयर्ता र त्याग चाहिन्छ । लेखकले यस्ता धेरै बिषय मार्फत यो पुस्तक बजारमा ल्याएका छन् ।

हाम्रा देशका नेताहरुले नेपाललाई कहिले सिंगापुर त कहिले अमेरिकाजस्तो बनाउँछु भने तर त्यस अनुरुपको काम गरेनन् । यो पुस्तकले मुलुक समृद्ध बनाउने शुत्र दिएका छन् ।

पत्रकार तीर्थ सिग्देल

भ्रमणलाई केबल घुमफिरको रुपमा र मजा लिने माध्यम मात्र बनाएका नेपालीहरुका लागि यो पुस्तक एउटा गाइड बन्ने छ । अझ यसलाई पर्यटनग्रन्थको रुपमा लिने पनि छन् । पुस्तकको बारेमा लेख्ने दमक क्याम्पसका नेपाली बिषयका प्राध्यापक शिव रेग्मी प्रणतले भनेका छन्, यो एउटा पर्यटनग्रन्थ हो र यो पुस्तकले पाठकलाई यात्रा गराउँछ ।

जहाँसम्म लेखक तीर्थ सिग्देललाई नजिकबाट नियाल्ने हो भने उनी एउटा राम्रा पत्रकार हुन् । आजसम्म चारवटा किताब लेखेपनि उनले आफूलाई कहिल्यै लेखक हूँ भन्न रुचाएनन् । मूलतः आफूलाई पत्रकारकै रुपमा चिनाउन चाहने उनले यसअघि कथासंग्रह मनोनेट निकाले । त्यसअघि पूर्वको राजनीति र जीवनको गति पुस्तक लेखे ।

भ्रमणलाई मनोरंजनको आधारको रुपमा मात्र लिनु हुन्न भन्ने लेखकको मान्यता छ । उनले सुरुमै लेखेका छन्, म घुम्नु वा भ्रमण गर्नुलाई सिकाइको रुपमा लिन्छु । खासगरेर नेपालसँग त्यहाँको अबस्थाको बारेमा तुलना गर्छु । यो किताब त्यही अवस्थाको प्रतिबिम्ब हो ।

हाम्रा देशका नेताहरुले नेपाललाई कहिले सिंगापुर त कहिले अमेरिकाजस्तो बनाउँछु भने तर त्यस अनुरुपको काम गरेनन् । यो पुस्तकले मुलुक समृद्ध बनाउने शुत्र दिएका छन् ।

कसो गर्दा देश बन्छ र त्यसका लागि देखेका र भोगेका कुराबाट पाठ सिक्नुपर्छ । आँफैले भोगेको यर्थाथ हुन्छ । अरुकै गल्तिबाट पाठ सिकेर अगाडि बढ्नु नै श्रेयस्कर हुन्छ, किनभने आफ्नो गल्तिले उठ्न दिँदैन, लेखकले भनेका छन् ।

एक दिन (समय कथा) नामक यो पुस्तक मिडिया रिसर्च सेन्टरले छापेको हो । यसको मुल्य ३ सय रहेको छ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बारामा एक भारतीयलाई गोली हानेर प्रहरीले लियो नियन्त्रणमा

Read Next

जनता ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *