add

ठेकदारले पुल नबनाउँदा हुलाकी राजमार्ग संचालनमा आएन

झापा / झापाको बहुप्रतिक्षित हुलाकी सडक अन्तर्गत पर्ने विरीङ्ग र कन्काई नदीको पुल समयमा नबन्दा दक्षिण झापाका मानिसको बर्षौं देखिको हैरानी हट्न सकेको छैन ।

दशक बित्न लाग्दासमेत आधा पनि काम नगर्ने निर्माण कम्पनिलाई सरकारले कार्वाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

झापाकाे कन्काइ र विरीङ खोलाका पुल ५० प्रतिशत पनि निर्माण भएको छैन । ०६६ साल देखि निर्माण थालेको यी दुई वटा पुल संचालनमा नआउँदा डुङ्गाको भरमा जोखिम मोलेर यात्रा गर्नु पर्ने स्थानीयकाे बाध्यता हट्न सकेको छैन ।

लामो समय अलपत्र छाडेर गत बर्षदेखि निर्माण शुरु गरिएको पुलको काम २०६८ सालमा सम्झौता भई काम थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जानकारी दिएको छ ।

यी दुई खोलाको पुल निर्माण हुने हो भने झापामा हुलाकी सडक संचालनमा आउने अवस्थामा पुगेको छ । पुल नबनेकै कारणले सडक संचालनमा नआउँदा त्यस क्षेत्रकाे बिकासकाे हरेक सम्भावना हराउदै गएकाे स्थानियले बताए ।

लामो समय पछि गत बर्ष कामको थालनी भए पनि पुन काम रोकिएकाले पुल बन्ला कि भन्ने आशा हराउँदै गएको स्थानीयले बताएका छन् ।

तथापि निर्माण कम्पनिका कर्मचारीले भने पुल बनाएरै छाड्ने दावी गर्दै आएका छन् । पुल निर्माणको काम पुन चाँडै सुचारु हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जानकारी दिएको छ ।

विरीङ नदीको पुल लामा मैनाचुली जेभीले १५ करोड ५० लाखमा ठेक्का लिएको हो । यस्तै, कन्काईको पप्पु कन्ट्रक्सन र महादेव खिम्ती जेभीले ३४ करोड रुपयाँमा ठेक्का लिएका हुन ।

ठेक्का लिएर पटक पटक म्याद थप गर्ने तर काम नगर्ने यस्ता कम्पनीलाई सरकारले कडा कार्वाही गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।।

कमेन्ट गर्नुस्

admin

Read Previous

काेराेना कहर : राष्ट्र बैंकले यो दशैंमा नयाँ नोट नबाड्ने

Read Next

‘विप्लव’ नेतृत्वको युवा संगठन झापाका अध्यक्ष दाेमुखाबाट पक्राउ, रिहाइको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *