add

पछिल्लो अपडेट :

  • January 16, 2021

भुमि समस्याको तथ्य संकलन गर्न कन्काई नगरलाई आयोगको फारम

कन्काई / सरकारले गठन गरेको “भुमि सम्बन्धि समस्या समाधान आयोग“ ले भुमि सम्बन्धिको समस्या पहिचान र समाधानका लागि पहिलो चरणमा देशभरका १४ वटा पालिकाहरुमा आवेदन फारम वितरण गर्न शुरु गरेको छ ।

पहिलो चरणका लागि छनौट भएका देश भरिका १४ वटा पालिकाहरु मध्ये झापाको कन्काई नगरपालिका समेत परेको छ । आयोगले नगरपालिकासंग सो सम्बन्धि समस्या समाधानका लागि २७ कार्तिकमा गरेको सम्झौता अनुसार नगरपालिकालाई शुक्रबार दुई किसिमका आवेदन फारम हस्तान्तरण गरिएको छ ।

अव्यवस्थित बसोबास सम्बन्धिको समस्या भएकाहरुका लागि र भुमिहिन सुकुम्बासी / भुमिहिन दलितको अलग अलग ढाचाको आवेदन फारम उपलब्ध गराइएको हो । झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी सावाले कन्काई नगर प्रमुख राजेन्द्र पोखरेललाई सकल आवेदन फारम हस्तान्तरण गरेका हुन् ।

आयोग सदस्य गोपाल गुरागाई , समितिका विज्ञ जगत देउजा लगायतको उपस्थितिमा सांसद सावाले नगर प्रमुख पोखरेललाई ति फारम हस्तान्तरण गरेका हुन् । नगरपालिकालाई सम्झौता अनुसार तत्कालै सर्वसाधारण माझ ति फारम उपलब्ध गराएर विवरण अद्यावधिक गर्ने र भुमिको स्वामित्व दिलाउन सांसद सावाले निर्देशन दिए ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

श्रीमतीलाई हत्या गर्ने अभियाेगमा भण्डारी जेल चलान

Read Next

छ्यहत्तर वर्षिय वृद्धको अनुभव : कोरोना जित्न ५० आत्मबल, २५ चिकित्सकको व्यवहार र २५ प्रतिशत औषधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *