add

पछिल्लो अपडेट :

  • January 16, 2021

अध्यक्षद्धारा प्रस्तुत सबै प्रस्ताब अनुमोदन गर्दै कनकाई नहर जल उपभोक्ता संस्थाको साधरण सभा सकियो

शिवगञ्ज / कनकाई नहर चल उपभोक्ता संस्था जनता बजारको २० औं वार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको छ । अध्यक्ष कमल भण्डारीद्धारा प्रस्तुत १६ बुँदाको प्रस्तावलाई सभाका सदस्यले अनुमोदन गर्दे संस्थाको २० औं वार्षिक साधरणसभा शुक्रबार सम्पन्न भएको हो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ५ मा रहेको जनता बजार स्थित संस्थाको आफ्नै सभाहलमा कार्यक्रम भएको थियो । संस्थाका अध्यक्ष भण्डारीले गत आव ०७५/०७६ र ०७६/०७७ को लेखा परिक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा बजेट अनुमोदनका लागि सभामा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

यस्तै उपभोक्ता समितिको अवधी यसअघिनै सकिएको ले मुल समितिको निर्वाचन भएको मितिले १ वर्ष भित्रका अन्य शाखा,प्रशाखाको निर्वाचन गर्नसकिने गरि समय सिमा सभाले थप गरेको छ । अध्यक्ष भण्डारीले कोभिडका कारणले मौजुदा उपभोक्ता समितिले निर्वाचन गर्न नसकेको कारण समयअवधी थप भएको बताए ।

साधरण सभाले संस्थाको विधान २०५० को पाँचौ संसोधन २०७२ लाई पनि संसोधन गरेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर २, ३,४,५,६,७,९ र १०, गौरादह नगरपालिका वडा नम्बर ९ गौरिगञ्ज गाँउपालिका वडा नम्बर १ र २, कमल गाँउपालिका वडा नम्बर १ मा सिचाई नहर जल उपभोक्ता संस्थाको स्थापना गर्नका लागि संस्थाको विधान संसोधनको भएको हो । यस अघि शिवसताक्षी नगरपालिका, पाँचगाछी, महाभारा, धरमपुर, तोपगाछी, र बैगुनधुरा उल्लेख थियो ।

मुल नहर, शाखा र प्रशाखा नहरमा पानी संचालनका लागि बनाईएको डिल अतिक्रमण गरि घर, टहरा, परालको माच, बोटविरुवा, बाली अनाधिकृत तरिकाले लगाइएको हुँदा त्यसलाई तत्काल हटाउन उपभोक्ता समितिले साधरण सभामा माग गरेको छ ।

साधरण सभामा अध्यक्ष भन्डारीले ०७६ असार मसान्त सम्मको आम्दानी खर्च सार्वजनिक गरेका थिए । उनले १ करोड ५६ लाख ९९ हजार ५ सय ६९ रुपैयाँ बराबारको आम्दानी र खर्चको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

कनकाई सिचाई डिभिजन गैडे माईधारका प्रमुख प्रदिप वान्तवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सिंचाई उपभोक्ता सहासंघका केन्द्रिय उपाध्यक्ष विष्णु खतिवडा, शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य लक्ष्मी गुरागाई, महाभारा गाबिसका पुर्व अध्यक्ष विजय अग्रवाल, पदमवहादुर थापा, प्रकाश चन्द खरेल, मिता सिटौला लगायतले साधरण सभाको उद्धघाटन सत्रमा सफलताको सुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शाखा नम्बर ४ को उपभोक्ता समिति सम्मानित भएको छ । उत्कृष्ट काम गरेको भन्दै समितिलाई सम्मान गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष त्रिलोचन सापकोटालाई दोसल्ला, सम्मान पत्र र नगद ७ हजार ५ सय रुपैंया सहित सम्मान गरिएको हो । यस्तै कर्मचारी भक्ति भण्डारी पनि सम्मानित भएका छन् । संस्था अध्यक्ष कमल भण्डारी र प्रमुख अतिथि बान्तवाले उनिहरुलाई सम्मान गरेका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष कमल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष नक्लमान लिम्बुले संचालन गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य अञ्जना सुवेदी खड्काले गरेकी थिइन् ।

कमेन्ट गर्नुस्

admin

Read Previous

बिग्रिएर पार्किङ गरिएको टिपरमा ठोक्किँदा झिलझिलेका नवीन घाइते

Read Next

इलाममा चार वर्षमा बलात्कारका ९० घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *