दमक / दमकमा सञ्चालित लाईफलाईन अस्पताल प्रालिको नया सञ्चालक समिति चयन भएको छ । २२ औं साधारण सभाले डा. मुक्तिनाथ भट्टराईको अध्यक्षतामा नया सञ्चालक समिति चयन गरेको हो ।
मंगलबार सम्पन्न सधारणसभाबाट डा. भट्टराईको अध्यक्षतामा चयन भएको सञ्चालक समितिका सदस्यहरुमा डा. तिलकचन्द्र शाह, डा. सुर्य नारायण शाह, भीमप्रसाद पौडेल, वालचन्द्र सुब्बा, प्रेमबहादुर देवकोटा, देवकी देवी भट्टराई, बिक्रमकुमार साह र राजकुमार भट्टराई रहेका छन् ।
२०५६ सालमा दमक ५ मा स्थापना भएको सो अस्पतालमा हाल सय बेड रहेका छन् ।
सो अस्पतालले थेरापी सेवा समेत सुरु गरेको छ । साधारण सभाको अवसर पारेर शुरु गरिएको सो सेवाको अस्पतालका संस्थापक अध्यक्ष शेरबहादुर भट्टराईले उदघाटन गरेका थिए ।