add

पछिल्लो अपडेट :

  • January 16, 2021

शिवसताक्षीमा मदन भण्डारी स्पोर्टस एकेडमी गठन

दुधे / कम्तिमा पाँच सय युवाको भेलाबाट झापाको शिवसताक्षीमा मदन भण्डारी स्पोर्टस एकेडमी गठन भएको छ । मदन भण्डारी फाउण्डेसन नगर कमिटी शिवसताक्षीले आयोजना गरेको एक कार्यक्रमका विच एकेडमी गठन भएकोे हो ।

पाटीका केन्द्रिय सदस्य त्रय एलपी साँवा लिम्बु, हिरा थापा र राजिव घिमिरेको उपस्थितिमा एकेडमी गठन भएको शिवसताक्षी नगर खेलकुद बिकास समितिका अध्यक्ष फुर्वा तामाङले बताएका छन् । तामाङका अनुसार भेलामा कम्तिमा ५ सय युवा सहभागी थिए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एलपी साँवा लिम्बु, हिरा थापा र राजिव घिमिरेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको र प्रकृया अनुसारनै प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । प्रचण्ड लगायतको टिमले प्रतिगमनको संज्ञा दिएपनि प्रधानमन्त्रीको कदम प्रतिगामी नभएको उनिहरुले स्पष्ट पारे । ‘यो उनिहरुको मिथ्या आरोप हो,’ उनिहरुले भने, ईतिहासलाई हेर्दा कुनैपनि कारणले प्रधानमन्त्री ओलीले चालेको कमद प्रतिगामी हुनै सक्दैन ।’

मदन भण्डारी फाउण्डेसनका अध्यक्ष सत्य नारायण राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा पाटीका सचिवालय सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा लगायतले बोलेका थिए ।

शिवसताक्षीमा मदन भण्डारी स्पोटर्स एकेडमीको नेतृत्व पुजन भेटवालले पाएका छन् । उनको नेतृत्वमा बनेको कमिटीले २ वर्ष कार्याधिकार पाएको छ । सो कमिटीको उपाध्यक्षमा प्रतिक बस्नेत, सचिवमा सागर राई, सहसचिव हेमराज पाण्डे र कोषाध्यक्षमा खोमा ताजपुुरिया सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सन्तोषकुमार गुरुङ, भक्त फेउदेन, अनिष कार्की, मोहन राई, कमल दर्नाल, पुजन कटवाल, नरेश ताजपुरिया, सुमित्रा बास्कोटा, अमित सुब्बा, अरुण चेम्जोङ्ग पुर्णजंङ्ग चेम्जोङ, रविन थापा लगायत ५५ जनाको कमिटी गठन भएको छ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

चौतारी साकोसमा नयाँ नेतृत्व, अध्यक्ष भए धनबहादुर

Read Next

पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *