add

पछिल्लो अपडेट :

  • January 16, 2021

कोरोना कहर: माई मेला नलाग्ने

गत वर्ष शिवसताक्षीकाे माईधाम क्षेत्रमा आयोजना भएको माई मेलामा सहभागी तिर्थयात्रीको भिड ।

झापा / हरेक वर्ष मकर संग्रान्तीका दिन लाग्दै आएको माई मेला यस वर्ष नलाग्ने भएको छ । कनकाई नदीको दुबै किनार माईधाम र कोटिहोम क्षेत्रमा मकर संग्रान्ती अर्थात् माघे सग्रान्तीका दिन मेला लाग्ने गरेको थियो ।

माईधाम क्षेत्रमा शिवसताक्षी नगरपालिकाले र कोटिहोम क्षेत्रमा कनकाई नगरपालिकाले मेला आयोजना गर्दै आएको थियो । मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतका असंख्या तीर्थयात्री आउने यस ठाउँमा यो वर्ष शिवसताक्षी नगरपालिकाले र कनकाई नगरपालिकाले मेला नलगाउने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणका कारण नगरपालिकाले मेला नलगाउने निर्णय गरेको दुईवटै नगरपालिकाले सार्वजनिक सूचना गरेर जनाएका छन् ।

शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले कनकाई माई क्षेत्रभित्र प्रत्येक वर्ष लाग्दै आएको माई मेला कोरोना भाइरसको जोखिमको कारणले यस वर्ष पालिकाले आयोजना नगरेको बताइन् । हाट बजार लगाउने टेन्ट टाङ्ने, पिङ, सर्कस जस्ता मनोरञ्जन लगायतका कुनै पनि गतिविधि रोक लगाईएको उनले बताएकी छन् ।

नेपालका विभिन्न धार्मिक महत्व बोकेका नदीहरु मध्ये कन्काई माईको छुट्टै महत्व छ । यो नदीमा हिन्दू धर्मावलम्बी भक्तजनहरूद्वारा आस्थापूर्वक स्नान, पूजाआराधना गर्ने प्रचलन रहिआएको छ । आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको यो नदीमा माघे संग्रान्तीका दिन मकर नुहाउनेको घुइँचो नै लाग्ने गरेको थियो ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

पारावारीमा नागरिक आरोग्य कार्यक्रम सुरु

Read Next

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *