add

पछिल्लो अपडेट :

  • January 23, 2021

चुडामणिको गीतमा पत्रकार रमेश र नायिका केकीको ‘अनस्क्रिन’ प्रेम

झापा / युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलको नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो आज साँझ ४ बजे गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक हुने भएको छ।

प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल गायन सुन्न सकिनेछ । गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा रमेश तिवारी र नायिका केकी अधिकारीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिनेछ। साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत भिडियोमा अभिनय देख्न सकिनेछ । भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गीतकार पौडेलले तिहारको शुभकामना सहित यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पुर्ण संगीतप्रेमीलाई अग्रिम रुपमा आग्रह गरेका छन्।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

विश्वस्तरका महाकवि देवकोटा जयन्ती मनाइँदै

Read Next

थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *