add

पछिल्लो अपडेट :

  • March 1, 2021

मोरङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

विराटनगर / सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा– ३ का ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरी राजविराज– १ का २२ वर्षीय शंकर यादव रहेका छन् । अर्का मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा दश जना सामन्य घाइते भएका छन् । घाइतेको स्थानीय जीवनज्योति मेडिकलमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बुधबारे जेसीजद्वारा गुरुकुलका विद्यार्थीलाई सम्मान तथा खाद्यान्न वितरण

Read Next

डा. रविन रेग्मी पुन मेची अस्पतालमा, थप जनशक्ति थपिने क्रम शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *