add

नाओमी ओसाकालाई यूएस ओपनको उपाधि

एजेन्सी / प्रतिस्पर्धात्मक खेलमा भिक्टोरिया अजारेङ्कालाई हराउँदै नाओमी ओसाकाले सन् २०२० को यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । उनको यो तेस्रो ग्रान्ड स्लाम उपाधि हो ।

पहिलो सेट १–६ ले गुमाए पनि चौथो सिडकी जापानी खेलाडीले त्यसपछिको सेटमा ६–३ र ६–३ ले पुनरागमन गर्दै उपाधि जित्न सफल भएकी हुन् । दोस्रो सेटमा पनि ३–० ले पछि पर्ने खतरामा रहेकी उनले त्यसपछिका १२ मध्ये १० सेट जितेकी थिइन् ।

ओसाकाले यसअघि सन् २०१८ मा यूएस ओपन र सन् २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् ।

कमेन्ट गर्नुस्

admin

Read Previous

विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी पक्राउ

Read Next

नेपाल भित्रियो ग्लोरी ५६० एसयुभी, यस्तो छ मूल्य र विषेशता

Leave a Reply

Your email address will not be published. Required fields are marked *