add

पछिल्लो अपडेट :

  • January 16, 2021

शिवगञ्जमा नेपाली कांग्रेसको गर्जन : प्रधानमन्त्रीलाई कदम सच्याउन माग

शिवगञ्ज / संसद विघटनका विरुद्धमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ४ प्रदेश सभा ‘क’ को आयोजनामा शनिबार शिवगञ्जमा विरोध प्रदर्शन भएको छ ।

जुटौँ संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा, उठौँ लोकतान्त्रिक संविधान रक्षाका पक्षमा भन्दै कांग्रेसका नेता, कार्यकर्ता र युवाहरुले शनिबार शिवगञ्ज बजारमा जुलुस सहित प्रदर्शन गरेका हुन् ।

कांग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का सभापति कमल भण्डारीको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रममा प्रमुख अतिथि कांग्रेसका महासमिति सदस्य भक्ति सिटौला, किरण भट्टराई, महाधिवेशन प्रतिनिधि सीताराम भट्टराई,जिल्ला सदस्य कार्तिकलाल राजवंशी, रतन थीङलाबो, शिवसताक्षी नगर सभापति पर्शुराम ढुंगाना लगायतले सरकारलाई असंवैधानिक कदम सच्चाउन माग गरेका थिए ।

नगरका सह सभापति पदम थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नरेन्द्र बस्नेतले गरेका थिए ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

कोरोना महामारीका बेलापनि जनआस्थाको नाफा २३ लाख माथि

Read Next

धरमपुरमा दुर्घटना, झिलझिलेका ढकालकाे ज्यान गयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *