add

पछिल्लो अपडेट :

  • January 16, 2021

प्रधानमन्त्री कप क्रिकेटको लागि आज इलाममा खेलाडी छनौट हुँदै

इलाम / आगामी पुष ११ गतेबाट हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि आज इलाममा छनौट प्रतियोगिता हुदैछ । प्रदेश एक टोलीमा सहभागि हुनका लागि करफोक माविको खेलमैदानमा इलामेली खेलाडीको छनौट हुने जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।

इलाम जिल्लामा विगतका दिनमा भएको इलाम प्रिमियर लिग (आइपिएल) बाट छनौट भएका खेलेका १८ जना  पुरुष खेलाडीहरुलाई अनिवार्य बोलाइएको पौडेलले जानकारी दिए । ‘ इलाममा क्रिकेट खेलाडी धेरै नभएकाले तोकेर नै १८ जनालाई बोलाइएको हो । उनीहरुले पनि छनौट खेलेर नै टिममा स्थान बनाउनुपर्ने हुन्छ ।’ पौडेलले भने ।

जिल्लाबाट छनौट भएका खेलाडीहरुले प्रदेशमा इलामको प्रतिनिधित्व गरेर प्रतियोगिता खेल्नेछन् । प्रतियोगिताको प्रदर्शनका आधारमा प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश एकको टिमबाट सहभागिता जनाउन पाउनेछन् । आज नै जिल्लाको महिला टोलीको समेत छनौट गरिने भएको छ । महिलातर्फका प्रधानमन्त्री कपकाे खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुष टिमतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। जसमा तीन विभागीयसहित १० टिमको सहभागिता हुनेछ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

प्रधानमन्त्रीको गृह जिल्ला झापामा राजसंस्थाको पक्षमा राप्रपाको आज प्रदर्शन हुँदै

Read Next

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *