add

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि प्रहरीले थाल्यो अनुसन्धान

झापा । ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतका अनुसार सो ग्रुप खोल्नेहरूको खोजी भइरहेको छ।

‘छानबिन भइरहेको छ। को-हो किन खोलेको हो भन्ने हामी बुझ्दैछौं,’उनले भने,’त्यसरी ग्रुप खोल्नेहरूलाई पक्राउ गरिन्छ र कारबाही हुन्छ।’

उनीहरूलाई नेपाल साइबर ब्युरो तथा अन्य युनिटहरूले पनि खोजी गरिरहेको छ। उनीहरूमाथि कुन मुद्दा चलाउने भन्नेबारे पक्राउ परिसकेपछिमात्रै थाहा हुने एसएसपी कडायतले बताए।

‘साइबर ब्युरो तथा अरूले पनि उनीहरूलाई खोज्दैछ। पक्राउ परेपछि के मुद्दामा आकर्षण हुन्छ त्यही अनुसार कारबाही हुन्छ,’उनले भने।

गत शनिबार बढ्दो बलात्कारका घटनाविरूद्ध स्वतन्त्र महिलाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए। उनीहरूले ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर सांकेतिक विरोध गरेका थिए। सो प्रदर्शनले सामजिक सञ्चालमा चर्चासमेत पाएको थियो।

तर केही युवाहरूले भने त्यसैको विरोध स्वरूप बलात्कारी संगठन भन्दै ग्रुप खोलेको बुझिएको छ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

Read Next

मेची अस्पतालबाट भागेका कोरोना संक्रमित थुनुवा नियन्त्रणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *