add

दुर्गापुरमा अत्याधुनिक ‘रेष्ट्रो’ (तस्वीर सहित)

सुरुङ्गा / झापाको कनकाई नगरमा सुविधा सम्पन्न सगुन ‘रेस्ट्रो’ एंड पार्टी प्यालेस शनिबार देखि संचालनमा आएको छ । स्वथ्य तथा उत्कृष्ट स्वाद सहित सेवा प्रदान गर्ने उद्देश्यले सो रेष्ट्रो संचालनमा आएको हो ।

‘रेष्ट्रो’ को सम्पूर्ण संरचना निर्माण गर्नको लागि १ करोड ५० लाख खर्च भएको संचालक मुना अधिकारीले बताईन् । नगरको दुर्गापुरमा सबैभन्दा ठूलो ‘रेष्ट्रो’ रहेको संचालिका अधिकारीले दावी गरेकी छन् । ग्राण्ड ओपनिङ कोरोना संक्रमणको कारणले साता व्यापी हुने उनले बताइन् ।

कनकाई नगरपालिका १ मा रहेको सो ‘रेष्ट्रो’ शुक्रबारदेखि संचालनमा आएको हो । पर्यटन व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले ‘रेष्ट्रो’ सञ्चालनमा ल्याइएको अधिकारीले बताइन् । उनका अनुसार नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर पर्यटकको माग र चाहानालाई मध्यनजर गर्दे ‘रेष्ट्रो’ सञ्चालन गरिएको थियो । तर कोरोनाको कहरले सम्भब भएन ।

नयाँ व्यवस्थापनका , पर्याप्त पार्किङ र खुल्ला ठाउँको व्यवस्थापनमा ‘रेष्ट्रो’ सेवा दिने उनले बताएकी छन् । एसी जडान भएको सो रेष्ट्रोको भवन भुकम्प प्रतिरोधात्मक क्षमता भएको अधिकारीले जानकारी दिएकी छन् । विभिन्न प्रकार का पेय पदार्थ र भेज नन् भेज खानाका परिकार ग्राहकले पाउने छन् ।

कमेन्ट गर्नुस्

admin

Read Previous

Ghatasthapana Today, Dashain Begins

Read Next

कोभिडको महामारीमा पनि खुद्रा सहकारीको नाफा बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *