add

बाह्रदशीमा ‘एभरेष्ट सस्तो बजार’

बाह्रदशी / दशै लगायतका चाडपर्व नजिकिएका बेला दक्षिणी झापाको राजगढमा जिल्लाकै सस्तो बजार एवं ‘सपिङ मल’ सञ्चालनमा आएको छ ।

लामो समयसम्म बैदेसिक रोजगारीमा रहेर स्वदेश फर्किएका बाह्रदशी गाउँपालिका – २ का चान महमदले १ करोड ५० लाखको लागतमा राजगढ बजारमा एभरेष्ट सस्तो बजारका नामबाट सपिङ मल सञ्चालनमा ल्याएका हुन् ।

सबै प्रकारका उच्च स्तरीय सामग्री एउटै छानामुनी सुपथ मूल्यमा पाइने र सस्तो वजारमा खरिद गरेको सामग्री अन्य ठाउँमा खरिद गरेको भन्दा कम मूल्यमा प्रदान गरिने सञ्चालक महमदको दावी छ ।

सस्तो बजारका नामबाट सञ्चालनमा आएको सपिङ मलको उद्घाटन गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरेका छन् । सपिङ मलको उद्घाटन गर्दै अध्यक्ष राजवंशीले स्मार्ट सिटीका रुपमा विकास भइरहेको राजगढलाई सस्तो वजारले थप टेवा पु¥याउने बताए । राजगढलाई स्मार्ट सिटीका रुपमा विकास गरेर लैजाने भन्दा शुरुमा आफैलाई खिल्ली उडाएपनि अहिले राजगढ विस्तारै स्मार्ट सिटीका रुपमा विकास भइरहेको अध्यक्ष राजवंशीको भनाई छ । राजगढलाई स्मार्ट सिटीका रुपमा विकास गर्न चान महमदको पहिलो प्रयास भएको भन्दै सस्तो वजार सञ्चालक महमदलाई राजवंशीले धन्यवाद समेत ज्ञापन गरेका छन् ।

विदेशी अनुभव संगालेर फर्किएकाले स्वादेशमा राम्रो सामग्री सुपथ मूल्यमा प्रदान गर्न कुनै कन्ज्युसाई नगर्ने मल सञ्चालक महमदको भनाई छ ।

जिल्लाकै सस्तो बजारका रुपमा आफ्नै ठाउँमा सपिङ मल सञ्चालनमा आएपछि स्थानीवासी समेत हर्षित बनेका छन् । वजार सञ्चालनमा आएपनि राजगढ लगायत दक्षिण क्षेत्रका सर्वसाधारण किनमेलका लागि बिर्तामोड लगायतका अन्य वजार जानु नपर्ने पशुपति माध्यमिक विद्यालयका शिक्षक मोहनप्रसाद ओलीले बताए ।

जिल्लाकै पुरानो वजारका रुपमा चिनिएको राजगढमा यस खाले मल यस अघि सञ्चालनमा नरहेकाले सबैलाई यसले फाइदा पुग्ने बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य एजाज अहमद अन्सारीले बताएका छन् ।

विदेशमा आर्जन गरेको ज्ञानलाई स्वदेशमा लगानी गर्दै सेवा मुलक ढंगले अघि बढ्दा लगानी कर्ता मात्र होइन यसले राजगढबासी मात्र होइन दक्षिण क्षेत्रका सबैलाई फाइदा पुग्ने स्थानीय जगदीश घिमिरेले बताएका छन् । यस अघि महमदले नै साढे चार करोड रुपैयाँ लगानी गर्दै स्मार्ट सिटीका रुपमा चरिचित राजगढमा एभरेष्ट सिनेमाहल समेत सञ्चालनमा ल्याएका थिए ।

जिल्लाकै पुरानो वजारका रुपमा परिचित राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न गाउँपालिकाले समेत विशेष गुरु योजना बनाएर अघि बढेको छ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

आफ्नै भजन रेकर्ड गराएर दुधेमा स्टुडियोको उद्धघाटन

Read Next

माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

Leave a Reply

Your email address will not be published. Required fields are marked *