add

दर्शकले साथ दिँदा कोरोनाका पीडितले राहत पाए

विनोद सापकोटा
झिलझिले / सधै खेल मैदानमा देखिने खेलाडी बुधबार शिवसताक्षी नगरपालिका राहत लिएर पुगेका छन् ।
लकडाउन अघि कहिले भेट्रान त कहिले गोल्डकपमा सहभागी हुने सताक्षीधाम स्पोटिङ क्लवका सदस्य एक गाडी राहतका सामग्री लिएर नगर पुग्दा नगर प्रमुख चन्द्रकुमार शेर्मा छक्क परे । उनलेभने, ‘खेलाडी पनि कोरोना संग भिड्न राहत लिएर आएपछी नजित्ने कुरै भएन ।’ नगरका सबै तह र तप्काका मानिसको विपतमा सहभागिता भयो भने जस्तासुकै चुनौतिको सामना गर्न सकिने नगर प्रमुख शेर्माले बताए ।


खेलाडी राहत लिएर व्याँङडाडा स्थित नगरपालिकाको कार्यालय पुग्दा नगर प्रमुख शेर्मा मूलद्वार नजिकै बसिरहेका थिए । नजिकै उपप्रमुख भोजकुमारी नेपाल र प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई पनि । शिक्षा शाखाका प्रमुख सुरेन्द्र दाहाल पनि सामाजिक दुरी कायम राख्दै नगर प्रमुखका छेउमा थिए ।


राहत बोकेको गाडी हुइकिएर नगरका सवारी पाकिङ्ग एरियामा घ्याच्च रोक्यो । खेलाडी राहत लिएर आउने जानकारी पालिकालाई थिएन । नगर प्रमुख शेर्माले लकडाउनका बेला गाडी लिएर को आयो ? भन्दै सोधीखोजी गरे । रोकीएको गाडीबाट फुत्त फुत्त ओर्लंदै खेलाडी राहतको लागि ल्याएको चामलका बोरा बोक्दै भित्र पसे ।


मुलुक लकडाउन हुनुभन्दा अगाडी क्लवका खेलाडी र पदाधिकारी झिलझिले स्थित गणेशमान सिहं अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुन्थे । क्लवलाई आएको जानकारीका आधारमा जिल्ला भित्र र बाहिर आयोजना हुने फुटवल प्रतियोगितामा सहभागी हुन उनिहरु जान्थे ।
कोरोनाको कहरमा उनिहरु अहिले घरमै शारीरिक व्यायाम गरिरहेका छन् । क्लवका उपाध्यक्ष फुर्वा तामाङ्गले भने ‘कोरोनाको चिन्ता तीन तहकै सरकारलाई हुदाँ हामी खेलाडीले पनि सरकारलाई विपतमा सहयोग गर्नुपर्छ । यो माहामारी लाई जित्न स्थानीय सरकार संग हामी पनि साथमा छौ ।’


सताक्षीधाम स्पोटिङ क्लवले गएको फागनु पहिलो सातामा तेश्रो संस्करणको सताक्षी गोल्डकप आयोजना गरेको थियो । गोल्डकपमा बिकेको टिकट ले कोरोना राहत कोषमा चामल खरिद भएको क्वलले जनाएको छ । दर्शकको साथ पाउदा विपतमा पीडित राहत पाएका छन् ।
सताक्षीधाम स्पोटिङ क्लव खेलकुदमा मात्र होईन ०७२ सालको महाभुकम्प, बाढी पहिरो र यस्तै विपतमा आवस्यकिय राहतका सामग्री बोकेर पीडितका आँगन सम्म पुग्ने गरेकोे क्लवका सचिव भाग्य फागोले बताएका छन् ।


क्लवले १ लाख ५ हजार मुल्य बराबरको २३ क्विन्टल चामल नगर स्तरीय कोरोना राहत कोषमा जम्मा गर्यो । अध्यक्ष रमेश लावतीले भने, ‘विपत बाजा बजाएर आईदिएको भए सायदै तीनै तहका सरकारले पुर्व तयारी गर्थे होला । संकटका बेला सहयोग गर्नु मानव जातिको मुख्य धर्म हो ।’

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा वेलकम सताक्षी डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

शिवसताक्षी नगरको राहत कोषमा नेपाली कांग्रेसको हाल सम्मकै ठुलो रकम

Read Next

गौरादहले सक्यो पहिलो चरणको राहत वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *