दमक/ शिक्षकलाई हामी निक्कै आदर गर्छौ । शिक्षकले सहि सस्कार सिकाउने काम गर्ने गर्छन । तर दमकमा शिक्षकको बद्नाम हुने एउटा जघन्य अपराध सार्वजनिक भएको छ । बिद्यालय होस्टेलमा नै रहेकी वालिकालाई गर्भ बोकाएको बिषय अहिले बाहिर आएको छ ।
दमकको एक नीजि बिद्यालयका शिक्षकले कक्षा ७ मा पढ्ने एक बिद्यार्थीलाई बलात्कार गरेको रहस्य बाहिर आएको छ । उक्त बिद्यार्थीको पेटमा ६ हप्ताको बच्चा पनि रहेको जनाईएको छ । १४ बर्षिया ति विद्यार्थी अहिले परिवारसंगै रहेकीछन् ।
ति शिक्षक भारतीय भएको र उनि भारत भागेको पनि प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पंण्डितका अनुसार जोहरी ढिला आएको र ति शिक्षक जाहेरी आउनुअघि नै भागेर भारत पुगेका छन् ।