add

शिवसताक्षीका अभिभावकलाई वैकल्पिक शिक्षा प्रणाणी ‘घाँडो’

झिलझिले / सरकारले बैकल्पिक प्रणालीको सिकाइलाई चालु शैक्षिक सत्रमा गणना गराउने गरी नयाँ ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेको छ ।

कोरोना महामारीको जोखिम बढिरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृतिक विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिने गरी निर्देशिका जारी भएको हो ।
यो निर्देशिकासँगै चालु शैक्षिकसत्रमा विद्यार्थी अभिलेखीकरण (भर्ना), तथ्याङ्क सङ्कलन, निजी विद्यालयमा पालिकाले तोकेबमोजिमको शुल्क लिन, पाठ्यभार संकुचन गरी मूल्याङ्कनको विधि लागू गर्न पालिका र सम्बन्धित विद्यालयलाई सहज हुनेछ ।

पुरानो निर्देशिका स्वास्थ्य जोखिम कम भएमा विद्यालय खोल्न सक्ने विश्लेषणका आधारमा तर्जुमा गरिएकामा नयाँ निर्देशिकाले सम्भव भएका ठाउँमा प्रत्यक्ष साक्षात्कार सिकाइ र असम्भव हुने ठाउँमा वैकल्पिक प्रणालीलाई निरन्तरता दिन सकिने आधार दिएको छ ।
जोखिम कम भएका ठाउँमा शिक्षक विद्यार्थी साक्षात्कार हुनका लागि पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालनासहित स्थानीय प्रशासन र स्थानीय सरकारको समन्वय आवश्यक पर्नेछ । विषम स्थितिमा पनि विद्यार्थीको पढ्न पाउने अधिकार वञ्चित हुन हुँदैन भन्ने मान्यतालाई आत्मसाथ गरी सिकाइ उपलब्धि हासिल गर्ने र विद्यालयमा बालबालिकालाई परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गर्ने निर्देशिकाको प्रस्तावनामा उल्लेख छ ।

कोरोना महामारीका कारण शिक्षालय बन्द भएकाले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन माध्यमको वैकल्पिक प्रणालीको सिकाइ हुँदै आएकामा यसैलाई निरन्तरता दिइएपछि यो प्रणाली अब शिक्षाको मूलधारमा समाहित भएको छ ।
तर, शिवसताक्षी नगरले बिहीबार गरेको अनुगमनमा विद्यालय क्षेत्रमा सिकाई केन्द्र भएका ठाँउमा मात्र सरकारले निदृष्ट गरेको मापदण्ड अनुसारमा सिकाई भएको पाईयो । शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्मा, उपसचिव सुरेन्द्र वहादुर दाहाल र नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेणु प्रसाद कार्कीले गरेको अनुगमनमा विद्यालय क्षेत्रबाहिरका सिकाई केन्द्रमा सरकारले तयार पारको मापदण्ड अनुसार सिकाई नभएको पाईएको हो ।

शिवसताक्षी १० को श्रीजंङ्गा प्राथमिक विद्यालयमा ७ जना मात्र विद्यार्थी सहभागी थिए । विद्यालयका अनुसार ४२ जना विद्यार्थी मध्ये ७ जना मात्र सिकाईमा सहभागी भए । सो विद्यालयमा कक्षा ३ मा ३ जना र कक्षा ४ मा ४ जना विद्यार्थी अध्ययनका लागि आएका थिए । नजिकैको बालनिकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीका लागि सो विद्यालय पनि सिकाई केन्द्रका रुपमा छनौट भएको छ । बालनिकुञ्जका करिव ३५ विद्यार्थी सो विद्यालयमा अध्ययनका लागि आएका थिए ।

बाल निकुञ्ज माद्यमिक विद्यालयको वडा नम्बर ९ स्थित एक केन्द्रमा भने प्राचार्य भीमवहादुर लिम्बु असिन पसिन हुँदै अध्यापन गराईरहेका थिए । विद्यार्थी उपस्थिती बहिमा भएको रेकर्ड अनुसार ८२ जना विद्यार्थी सो केन्द्रमा अध्ययन गर्दै आएका छन् । स्थानीय एक अभिभावकले भने, ‘खुल्ला ठाँउमा विद्यार्थी पढाउदा प्राकृतिक प्रकोपको आपतकालिन अवस्था पर्यो भने के गर्ने ?’ यसको जवाफ कसैले दिन सकेनन् । उनले भने— यो बैकल्पीक व्यवस्था हामी अभिभावकका लागि घाँडो भयो ।’

शिवसताक्षी १० को दिपेन्द्र आधारभुत विद्यालयमा अनुगमनको टोली पुग्दा शिक्षक र विद्यार्थी कक्षा कोठामै भेटीए । भौतिक दुरी, सेनिटाईजर, माक्स र हात धुनका लागि साबुन पानी को व्यवस्था विद्यालयले नै गरेको रहेछ । दिपेन्द्र आधारभुत विद्यालयका शिक्षक कर्मचारीलाई आग्रह गर्दे नगर प्रमुख शेर्माले भने, ‘विद्यार्थीको भविस्य शिक्षक र विद्यालय कर्मचारीको हातमा छ । चालु शैक्षिक सत्रको बाँकी अवधी खटेर काम गरिदिनु भयो भने कोरोना कहरमा पनि उनिहरुको शैक्षिक नजिता राम्रो आउने छ ।’

अनुगमन टोलीले वडा नम्बर ७ को लालपानी माध्यमिक विद्यालयको सिकाई केन्द्रको अनुगमन गर्यो । सो विद्यालयमा अधिकांस शिक्षक विद्यालय परिषरमै भेटिए । कतिपय शिक्षक कक्षा कोठाका विद्यार्थी लाई पढाईरहेका थिए । नगर प्रमुख चन्द्रकुमार शेर्माले कति पय कक्षा कोठामा माक्स किन लगाउनु भएको भनेर विद्यार्थी लाई प्रश्न गरेका थिए । उनिहरुको सहजै जवाफ थियो ‘सरुवा रोग नियन्त्रणका लागि माक्स लगाएका हौं ।’

नगर प्रमुख शेर्मा, उपसचिव दाहाल र शिक्षक महासंघका शिवसताक्षी अध्यक्ष कार्की लालपानी माध्यमिक विद्यालयका कक्षा ११ का विद्यार्थी सगै कक्षा कोठामा बसेर वीर पुर्खा कविता शिर्षक को पाठ मा सहभागी भए । वासुदेब त्रिपाटीले लेखेको यो कविताको बारेमा शिक्षकले कक्षा कोठामा अध्यापन गराईरहदा अनुगमन टोली नतमस्तक भएको थियो ।

टोलीले प्रत्यक्ष साक्षात्कार सिकाई शिवसताक्षी नगरका विद्यालयमा गर्न सकिने पनि ठहर गरेको छ । बिद्यालय बाहिरका सिकाई केन्द्र अभिभावक, शिक्षक, विद्यार्थी लगायतका लागि घाँडो भएको छ । अभिभावकहरु भन्छन, ‘सार्वजनिक यातायात संचालन भए, आन्तरिक उडान हुनलाई केहिले रोकेन, बजार निर्वाध संचालन भए तर विद्यार्थी अध्ययन अध्यापन गर्ने विद्यालय संचालन गर्दा कोरोना नियन्त्रण होला र ?’

शिक्षक, विद्यार्थी र अभिभावकले अनुगमन टोलीलाई विद्यालयमा नेपाल सरकारको मापदण्ड अपनाएर विद्यालय संचालन गर्दा कोरोनाको कुनै खतरा नहुने सुझाव दिएका छन् ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बिर्तामोडमा म्याद गुज्रिएका खाद्य पदार्थको खुला बिक्री

Read Next

Nepal’s Economy Will Grow By 0.6% In 2021: World Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *