add

शिवसताक्षीका ८६ कर्मचारीको रिपोर्ट नेगेटिभ

झिलझिले/शिवसताक्षी नगरका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको कन्टयाक ट्रेसिङमा रहेका ८६ जनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

भदौ २५ गते शिवसताक्षी नगरपालिकाले कार्यपालिकाका ५६ जना कर्मचारीको स्वाव संकलन गरेको थियो । अन्य ३५ जना क्वारेन्टिन र सर्बसाधरणको पनि स्वाव संकलन गरिएको थियो ।

शनिबार बिहान स्वाव संकलन गरिएका मध्ये ८६ जनाको रिपोर्ट नेगेटिभ आएको शिवसताक्षी नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए । ११ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि उनले बताएका छन् ।

उनका अनुसार सर्बसाधरण सहित ९७ जनाको स्वाव संकलन गरिएको थियो ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

गाँजा र ट्याब्लेट सहित ४ पक्राउ

Read Next

पहिचान नखुलेका व्यक्तिको मेची अस्पतालमा मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *